ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्षभित्र २६ सयभन्दा बढी मिडवाइफ नर्स उत्पादन गर्ने सरकारको लक्ष्य


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   १ : १७   बजे

काठमाडौं, ११ पौष । सरकारले दक्ष प्रसूति सेवाका लागि सन् २०३३ सम्ममा दुई हजार ६०० भन्दा बढी मिडवाइफ नर्स प्रसूतिका लागि तालिम प्राप्त नर्स० उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० मा यो लक्ष्य राखिएको हो ।

रणनीतिमा सन् ३०३३ सम्ममा देशभर २ हजार ६५३ मिडवाइफ नर्स उत्पादन गरिने उल्लेख छ । नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार हाल देशभर ६६ जना मात्रै मिडवाइफ नर्स छन् ।

सन् २०३३ सम्ममा हाल सेवारत नर्सबाट एक हजार ३८० जनालाई मिडवाइफ नर्समा रुपान्तरण गरिने उल्लेख छ । त्यसैगरी पीसीएल तहका ९०० र स्नातक तहका मिडवाइफ ३७३ पुर्याउने लक्ष्य छ ।

मिडवाइफको संख्या वृद्धिसँगै मातृ र नवजात शिशु मृत्युदर घट्ने अपेक्षा राखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ एनडीएचएस० अनुसार प्रत्येक एक हजारमा २१ जना शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गरेको छ । मातृ मृत्युदर हाल १५१ रहेकोमा यो संख्या सन् २०३३ सम्म ७० मा झार्ने सरकारको लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

‘बाढी आएकै दिन टनेलबाट २० जना निस्किएका थियौँ, अहिले पनि गाडीभित्र शव छन्’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu