ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु 


admin
१ फाल्गुन २०७४, मंगलबार   ४ : २०   बजे

सप्तरी, १ फागुन । जंगली हात्तिको आक्रमणबाट सप्तरीमा मंगलबार दिउँसो दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मंजुदेवी साह र सोही वडाकी ४५ वर्षिया दुर्गादेवी मुँखीया रहेकी छिन् । घाँस काट्न गएको बेला उनीहरुमाथी हात्तिले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तिले आक्रमण गर्दा दुबै महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै महिलाको टाउँको र छातिमा हात्तिले कुल्चिएर मारेको अवस्था शव भेटिएको स्थानियले बताएका छन् ।

यता हात्ति धपाउने क्रममा आक्रमक भएको हात्तिले पछिफर्किएर लखेटेपछि गाउँलेबीच भागदौड समेत मच्चिएको थियो । लामो समयदेखी स्थानिय जंगलमा हात्ति बस्न थालेपछि गाउँले राम्रोसँग निदाँउन पाएका छैनन् ।

विगत एक वर्षदेखी कंचनरुप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तिले पाँच दर्जन भन्दा बढी घरमा क्षति पु-याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिदिएका छन् ।  यता विगत एक वर्षको अवधीमा हात्तिको आक्रमणबाट सो क्षेत्रका चार जनाको मृत्यु भइसकेपनि स्थानिय प्रशासनले नियन्त्रणको ठोस उपाय गर्न नसक्दा स्थानियवासी आक्रोसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu