ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामिबिया केन्यालाई हराउँदै दोस्रो स्थानमा, नेपाललाई क्यानाडामाथि जित्नैपर्ने दबाब


admin
१ फाल्गुन २०७४, मंगलबार   ५ : ४७   बजे

काठमाडौं, १ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा केन्यालाई ८ विकेटको रवाफिलो जित निकाल्दै घरेलु टोली नामिबिया दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबार केन्याले दिएको १११ रनको लक्ष्य नामिबियाले १६ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। जितसँगै ४ खेलबाट ६ अंक बटुलेको नामिबिया नेपाललाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

यसले नेपाललाई क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब सिर्जना गरेको छ ।

हालसम्म अन्तिम खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६(६ अंक छ। तर, रनरेटमा क्यानडा शीर्षा स्थानमा छ भने नेपाल तेस्रो स्थानमा झरेको छ। यदि नेपालले शीर्ष दुईमा रहिरहने हो भने बुधबार क्यानडालाई हराउँनैपर्छ।

वान डे विश्वकप कप क्वालिफायरमा स्थान बनाउनका लागि भोलिको खेल नेपालका लागि गर या मरको स्थितिमा रहनेछ। हारले नेपालको यात्रा डिभिजन टू मै यथावत रहने छ भने जितले विश्वकप छनोटसहित डिभिजन १ मा बढुवा हुनेछ।

यदि नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई हराउनुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ अनि राम्रो रनरेट हुने शीर्ष दुई टिम छानिनेछन्।

अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ।

डिभिजन टु को शीर्ष दुई स्थानमा रहने टोली विश्वकप कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टुमै यथावत रहनेछन्। पाँचौ र छैठौं स्थानमा रहने टोली डिभिजन तीनमा घटुवा हुनेछन्।

लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ। अब अन्तिम खेलमा नामिबियाले युएईलाई ठूलो अन्तरमा हराउने र ओमानले पनि केन्यालाई ठूलो अन्तरमा पराजित गर्न सके ओमान डिभिजन टू मै रहनेछ अन्यथा डिभिजन थ्री मा झर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu