ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ


एबीसी न्यूज
१५ पुस २०८०, आइतबार   १ : ४१   बजे

काठमाडौ १५ पौष । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ ।आईतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन् ।उनले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए ।

उनले पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख,कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उल्लेख गरे । प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको छ ।प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई उडानमा यात्राहरुको संख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको बताए । प्राधिकरणको आर्थिक वर्ष २०५६÷५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९÷८०मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको छ ।

उनका अनुसार गत आर्थिक वर्ष नागरिक उड्डयन प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको छ । पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको छ । जसले गर्दा प्राधिकरणको गत वर्षको खुद सञ्चालन मुनाफा ३ अर्ब ४९ करोड १५ लाख रहेको छ । सन् १९९८ वि।स २०५५ को तुलनामा २०२२को फ्लाइट उडान तथ्याङ्क हेर्दा पछिल्लो २५ वर्षमा १९२ प्रतिशतले वृद्धि भयो । हवाई उडानमा यात्राहरुको संख्या ३६४ प्रतिशतले वृद्धि भएको छ ।त्यस्तै कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको अवस्था छ ।

प्राधिकरण सञ्चालन भएको पाँच वर्ष लगातार घाटामा रहेको आर्थिक वर्ष २०५६र५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९र८०मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेको छ । जुन करिव १५ गुणाले वृद्धि भएको छ । सन् १९९८ मा नागरिक उड्डयन प्राधिकरण स्थापना हुँदा एक अन्तर्राष्ट्रिय विमानस्थलसहित ४४ वटा आन्तरिक विमानस्थल रहेकोमा सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सख्या ५५ पुगेको छ । समिति रात्रिकालीन विमानस्थल अहिले ९ वटा पुगेको छ ।कारोनाका कारण आर्थिक रुपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२मा सुधारोन्मुख हुँदै चालु अवस्थामा रहेको छ । सन् २०२३ डिसेम्बरसम्म हवाई उडानमा यात्रुहरुको संख्या कोभिड पूर्णमा फर्किएको छ ।

सन् २०२२ को नोबेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइ यात्रा गर्ने हवाई यात्रुको सख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोभेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको सख्या ४१ लाख ५४ हजार ३९३ रहेको छ ।गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ४१।०४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२२ को नोभेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रु यात्रा गरेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ रहेको छ ।

आन्तरिकतर्फ ३७।४८ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान गर्ने कम्पनी ३० पुगेको छ ।उनले गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ४१।०४ प्रतिशतले वृद्धि भएको तथ्याङ्क प्रश्तुत गरे । उनले आन्तरिक उडानतर्फ सन् २०२२ को नोबेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रु यात्रा गरेकोमा सन् २०२३ नोभेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ पुगेर ३७।४८ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group