ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिलो चाँडो मै हो प्रधानमन्त्री -अध्यक्ष दाहाल


admin
१ फाल्गुन २०७४, मंगलबार   ६ : ३२   बजे

चितवन, १ फागुन ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताउनुभएको हो । पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताउनुभयो ।

देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उहाँले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति सम्झौताले दुरगामी परिवर्तन ल्याउन सफल भएको बताउनुभयो । नेपालमा भएको शान्ति सम्झौताले विश्वको ध्यान केन्द्रित गराउन सफल भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशु कक्षादेखि कक्षा ५ सम्मको दुई तले नौ कोठे भवनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

कांग्रेसको आर्थिक नीति समयानुकूल परिमार्जन गर्न डा. महतको प्रस्ताव

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

स्वास्थ्य बिमा अब घरबाटै अनलाइन दर्ता र नवीकरण गर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu