काठमाडौँ, १६ पुस । काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा।चन्द्रकान्त राउत ९सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ।
‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले जानकारी दिए।
अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
‘राष्ट्रि धोती दिवस मनाउन बबरमहलबाट माइतीघर जाँदै गर्दा डा।सीके राउतसहितको जनमत पार्टीका ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। अहिले हामीलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ,’ साहले भने।







प्रतिक्रिया दिनुहोस्