ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री श्रेष्ठ : मन्त्रीको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीको गोली चल्यो


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   ११ : ४४   बजे

काठमाडौ १६ पौष । उपप्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको बताएका छन्।प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी धरपकडबारे जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा मन्त्रीको गाडी आएको र घेराबन्दीमा परेको भनिएपछि प्रहरीले गोली चलाएको बताएका हुन्।

बैठकमा गृहमन्त्री श्रेष्ठले घटना हुनुमा इपिएस कार्यालयको लापरबाही, मन्त्रीको गाडी आन्दोलन भइरहेकै ठाउँबाट लैजाने पिएसओको निर्णय र सुरक्षाकर्मीको कमजोरी मुख्य कारण रहेको बताए।इपिएस कार्यालयले भएकै नियमावलीअन्तर्गत सिपिङमा फेल भएकालाई उत्पादनमा नपठाउने नीति नलिएको देखिन्छ। अदालतको आदेशलाई कन्जरभेटिभ इन्टरपिटेसनबाट १८ जनालाई मात्रै दिने भनेको छ, त्यसले २८ हजारलाई नकरात्मक प्रभाव पार्‍यो।

इपिएसको विवेकसम्मत निर्णय भएन कि भन्ने छ,’ मन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयका शान्ति सुरक्षा प्रमुखले इपिएसका प्रमुखलाई बोलाएर के छ भनेर बुझ्दा केही छैन तीन बजेसम्म बस्छन् जान्छन् भनेर हल्का हिसाबले जवाफ दिएको रिपोर्टिङ गृहमन्त्रालयसँग छ। उहाँको त्यो जवाफ हामीलाई उपयुक्त लागेको छैन।’संसदीय समितिलाई जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँबाट मन्त्रीको गाडी लैजान खोज्नु पिसओको गम्भीर त्रुटि भएको बताए। उनले मन्त्री ज्वालाको गाडि त्यही बाटो नगएको भए स्थिति यस्तो नबन्ने बताएका छन्।बालकुमारीनजिकै मन्त्रीज्यूको पार्टीको मिटिङ रहेछ। उहाँ मन्त्रालय जान्छु भनेर त्यही बाटो आउनुभएछ। उहाँ त्यस्तो बेला त्यही बाटोबाट किन आउनुभएको होलारु बडी गार्ड छ, पिसओ छ।

सामान्यत पिसओले बाटो पहिले चेक गर्छ। कन्ट्रोल रूमबाट भएको निर्देशन पनि सुनेको हुन्छ। आर्मीको सेक्युरिटी गार्ड र पिसओकोले किन रोकेनन होलारु’ मन्त्री श्रेष्ठले भने, ‘त्यसले अझ भूमिका खेलेको छ। तयसअघि प्रहरी अलिअलि लाठी चार्ज गरेको थियो। मन्त्रीज्यू बाहिर निस्केर सवालजवाफतिर पनि लाग्नुभएछ,धकेला धकेल भएछ। त्यसपछि आर्मीको बडिगार्डले उहाँलाई त्यहाँबाट निकाल्नुभएछ। उहाँ फर्किएरपहिले बैठक गरेको ठाउँमा पुग्नुभयो।’उनले मन्त्रीको गाडी आएको छ र घेराबन्दीमा परेको छ भनेपछि त्यही क्रममा गोली प्रहार भएको देखिएको बताएका छन्।

‘एक जनालाई गोली लागेको छ, अर्कोको निलडाम छ टियर ग्यासले लागेको हो कि के हतियारले नजिकबाट लागेको हो छानविन हुँदै छ,’ मन्त्री श्रेष्ठले भने।उनले जुनसुकै अबस्थामा पनि गोली नचाउनुभनेर निर्देशन दिइएकोमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाएर त्रुटि गरेको जवाफ समितिलाई दिएका छन्।गृह मन्त्रालय शान्ति सुरक्षा प्रदान गर्ने जिममा लिएको मन्त्रालय हो। जे सुकै भए पनि हाम्रो स्ट्यान्डर्ड अर्डर के थियो भने गोलीको प्रयोग नगर्नु। हामीले अलिअलि ढुंगा खाए पनि जिम्मेवार निकाय भएका कारणले सहनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘छानबिन गर्नुपर्ने केस हो यसै छोड्न मिल्दैन भन्ने नै छ। तर यो सामान्य केस हैन कहि न कही कमजोरी भएको छ भन्ने हाम्रो प्रारम्भीक विश्लेषण हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group