ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीविरुद्ध यसरी कड्किए सांसद, प्रधानमन्त्रीको पनि राजीनामा माग


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   १२ : १९   बजे

काठमाडौं १६ पौष ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारीमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले वर्तमान सरकार ‘निकम्मा, नालायक, असक्षम’ भएको टिप्पणी गरे ।

बालकुमारी घटना सरकारबाट गरिएको हत्या भएको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्रीलाई सांसदले भने– तपाईं शालीन हुनुहुन्छ, राजीनामा दिनुस् १
गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन स् सांसद भण्डारी
उनले विगतमा भएका घटनामा नैतिकताका आधारमा राजीनामा दिइएको उदाहरण प्रस्तुत गरे । वर्तमान सरकारपछिको एक वर्ष मुलुक बर्बाद भएको उनको भनाइ छ ।

“सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवारी लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए,” सांसद श्रेष्ठले भने, “जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।”

राजीनामा दिए अर्को सरकार बनाउन मार्गप्रशस्त गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रश्न गरे, “छातीमा गोली ताकीताकी हत्या गर्ने ?

पञ्चायतमा पुलिस अनुभव ग¥यौँ, राजासहितको बहुदलीय व्यवस्थामा पुलिस अनुभव गरेको, आज राजाबिनाको गणतन्त्रमा छौँ ।

समग्रमा वर्तमान सरकार निकम्मा, नालायक, असक्षम र हत्यारा बन्यो । एक वर्ष मुलुक बर्बाद भयो ।

सिंहदरबारमा आगो लाग्यो, प्रमको हैसियतले नैतिक जिम्मेवार लिएर कीर्तिनिधि विष्टले नैतिकता देखाएर राजीनामा दिए । रंगशालामा फुटबल हुँदा आँधी आयो, फु गरेर ल्याएको हैन, भागदौडमा मान्छे मरे । तत्काल केशरबहादुर विष्टले राजीनामा दिए । जानी नजानी धान रोप्न जाँदा भएको गल्तीमा मन्त्रीले राजीनामा दिएको छ ।

मन्त्रीजत्तिको बुद्धि भएको भए उसले त्यो जागिर खाएर बस्छ रु ऊ मन्त्री बन्छ नि

यो सरकारबाट गरेको हत्या हो, नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।

लाजशरम पनि छैन, वर्तमान सरकारका प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो । दुनियाँले देख्छ ।

सरकारले कसैलाई दोष दिएर हुँदैन । मुटुको भर्खर अपरेसन गर्नुभएको छ, स्वास्थ्यलाई पनि ख्याल गर्दै – मैले गृह प्रशासन चलाउन सकेन, भोलि पनि यस्तो अवसर आउँछ भनेर पदबाट राजीनामा दिएर नैतिकता देखाउनुस् । १० लाख मात्र दिएर उम्कने हो भने यो सरकार हत्यारा हो ।

अर्को कुरा भनौँ, यो मेरो कुरा हैन, जनताले ‘प्रधानमन्त्रीज्यू, तपाईंको छोरीलाई पनि त्यही पंक्तिमा राख्न चाहन्छु, बरु ५० लाख दिन्छु भनिरहेको छ, यो मेरो बोली हैन । त्यसकारण मार्गप्रशस्त गर्नुहोस् । यस्तो घटना भइरहन्छ । त्यसकारण समग्रमा सरकारले बाटो छोडेर अर्को सरकारलाई काम गर्न दिनुस् ।

छातीमा गोली ताकीताकी हत्या गर्ने रु जे भए पनि सम्पूर्ण घटनाको सरकारले जिम्मेवारी लिनुपर्छ ।

बालकुमारी घटना स् गृहमन्त्रीले औँल्याए मन्त्री ज्वालासहित तीन कारण

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group