ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा- मन्त्री ज्वालाको लापरबाहीले घटना भयो, कारबाही गर्नुपर्छ


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   १ : ३९   बजे

काठमाडौं १६ पौष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् । आन्दोलनबारे थाहा हुँदाहुँदै त्यही बाटोबाट अगाडि बढ्नु लापरबाही भएको उनले बताए ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको लापरबाहीलाई हेरेर समितिले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए । लापरबाही गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने सांसद थापाले बताए ।

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको उल्लेख गरे । गएको साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको उनले बताए ।

गृहमन्त्रीविरुद्ध यसरी कड्किए सांसद, प्रधानमन्त्रीको पनि राजीनामा माग
माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे । माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको उनले बताए ।

बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरूको जीवन हेर्ने गरी अघि बढ्न थापाले सुझाव दिए ।

पर्सनल सेक्युरिटिज अफिसरहरूले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले त कति थोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीको लापरबाही हेर्छ कि हेर्दैन रु लापरबाही हो भने दण्ड हुन्छ ।

यो त साउनदेखि भएको हो । मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ । यसमा गृहमन्त्रीज्यूले सामान्य जानकारी गराउनुभएको छ । त्यसमा पनि हाम्रा केही आशंका छन् । यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ कि छैन रु यसको ल्याप्सेस कहाँ भयो भन्ने कुरासम्म पुग्छ कि पुग्दैन रु

श्रममन्त्रीको विषय पनि यहाँ छ । यो महत्त्वपूर्ण छ । साउनदेखिको विषयमा जानकारी राख्नुभयो कि भएन रु ईपीएस कार्यालयमा समस्या भयो, भइरहेको छ । त्यो बेलामा पोल्टिकल लिडरसिप भनेको के हो रु श्रममन्त्रीको जिम्मेवारी होइन यो रु श्रममन्त्रीले यत्रो भइसकेपछि अलिकति अतिरिक्त जाने, भेट्ने, कुरा गर्ने सम्हाल्ने होइन रु जिम्मा के हो रु श्रममन्त्रीको बारेमा विभिन्न कुरा आएका छन्, गम्भीर कुरा उठेको छ, त्यसमा ठूलो अनुचित लाभ लिएको देखिन्छ । प्रधानमन्त्री कार्यालयलाई यसबारेमा जानकारी थियो कि थिएन रु ईपीएसको बारेमा संवाद गरेको छ कि छैन रु संवाद गरेको भए यी कुराहरू हुँदैन थिए ।

माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर, अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group