काठमाडौ १६ पौष । नेपाल प्रहरीका महानिरीक्षक आइजिपी बसन्तबहादुर कुँवरले शुक्रबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नपुगेको भए बालकुमारीमा त्यस्तो घटना नहुने बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा आइजिपी कुँवरले त्यसदिन मन्त्री ज्वाला त्यहाँ नपुगेको भए घटना नहुने बताएका हुन्। साढे ११ मा सामान्य बल प्रयोग भयो। ११स्५२ मा मन्त्रीज्यू पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो।
त्यही बेलामा पिएसओले जानकारी लिने समन्वय गरेन। ११स्५४ मा हातपात हुने अवस्था आयो,’ आइजिपी कुँवरले भने, ‘पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको थियो। १२ बजे मन्त्रीको आगो लागेको हो। गोली कतिबेला चल्यो यकिन छैन। मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन।’कुँवरले उपत्यकामा मन्त्री ज्वालालाई नै गाडीमै राखेर जलाउन लाग्यो भन्ने अवस्था सिर्जना भएपछि प्रहरीले धर्यता गुमाएको बताएका छन्। विशिष्ट व्यक्तिमाथि उपत्यकामा यो भयो भन्ने बित्तिकै अलिकति धैर्यता गुमाएको जस्तो अवस्था चाहिँ देखिन्छ। हामी सबैलाई थाहा छ, हामी व्यवहारिक बन्नुपर्छ। सिचुएशन फिल्डमा खटिने प्रहरी कर्मचारी हो।
हामीले जे क्याल्कुलेशन गरेका हुन्छौं, त्यहाँ फिल्डमा २ प्लस २ चार हुन्न। त्यहाँ फरक हुन्छ,’ उनले समितिमा भने। बालकुमारी घटनामा बल प्रयोग नगरेको भए थप क्षति हुने पनि आइजिपी कुँवरको भनाइ छ। कुनै घटनाको सामान्य अवस्थामा जाहेर गर्न सक्ने अवस्था हुन्छ। तर मन्त्रीज्यूको गाडीमा मन्त्रीज्यूलाई नै राखेर जलाउन लाग्यो भन्ने अवस्थाले आवेशमा आएको देखिन्छ,’ उनले भने, ‘जेजति कुराहरू भए। युवाहरू जोशमा थिए। सोचेभन्दा फरक अवस्थामा थियो।
यो कन्डिसनमा यति नगरेको भए अरू थप हुनसक्ने अवस्था थियो।’त्यसदिन आन्दोलन हुनसक्ने भएपछि जिल्ला प्रहरी परिसर ललितपुरका कमान्डर डिएसपी उमेश लम्साललाई जान निर्देशन दिइएको बताए। उनलाई मानवीय क्षति हुनेगरी बल प्रयोग गर्न भन्ने निर्देशन पनि नदिइएको उनले बताए। त्यतिबेलाका जिल्ला कमान्डर तिमी आफैं जाउ हेर, कमान्ड गर, फटालिटी हुने गरी बल प्रयोग नगर भन्ने किसिमको निर्देशन दिएको अवस्था पनि थियो,’ उनले भने, ‘त्यहाँ कम्युनिकेशनमा एउटा कुरा भनिएको होला।
व्यवहारमा धेरै कुराहरू हुन्छन्। ती कुराहरू भएरभएनन् भन्ने कुराहरू पनि छानबिनको क्रममा आउला।’इपिएस कार्यालय अगाडि आवेदन दिन पुगेकाहरूले ढुंगामुढा गरेपछि आफूहरूले सम्झाइबुझाइ पनि गरेको उनले बताए।
त्यसदिन प्रहरीले माइकिङ, लाठीचार्ज, अश्रुग्यास प्रहार, रबरबुलेट प्रहार र हवाइफायर समेत गरेको उनले जानकारी दिए। सम्झाइबुझाइ माइकिङ पनि गरेको छ, लाठी चार्ज गरेको अवस्था पनि छ, अश्रु ग्यास हामीले १२४ सेल पड्काएको पनि छ, रबर बुलेट पनि पड्काएको छ, बल्यांक फायर पनि खोलेको छ। जुन हामी हवाइ फायर भन्छौं। अब हवाइफायरले त लागेको होइन होला। केकस्तो कमजोरी छ। कसरी के भयो भन्ने पनि छानबिनको क्रममा आउला,’ उनले भने।


















प्रतिक्रिया दिनुहोस्