ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसीमा सहमति जुटाउन प्रचण्डको दौडधुप, एमाले र कांग्रेससँग छलफल गर्दै


एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   १ : ३७   बजे

काठमाडौं १८ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र नेकपा एमालेसँगै अन्य दलहरुसँगको छलफललाई तीव्र पारेका छन्।

मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका प्रचण्डले बुधबार साँझ ५ बजे चार दलको बैठक बोलाएका छन्।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा समझदारी जुटाउन निरन्तर छलफल भइरहेको उनको सचिवालयले जनाएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी० संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ।

विधेयकलाई आउने हिउँदे अधिवेशनमा पेश गरेर पारित गर्ने गठबन्धनको योजना छ। तर, एमालेले यसका कतिपय प्रावधान छलफल गर्नुपर्ने बताइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले आम सहमतिमै विधेयकलाई पारित गर्न चाहेकोले ढिलाइ भएको बताइरहेका छन्।  त्यही भएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन निरन्तर छलफलमा छन्।

‘टीआरसीको विषयमा एमालेसँग छलफल भइरहेको छ’, एमालेका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालखबरसँग भने, ‘निरन्तरको छलफलले निष्कर्षमा पुगिएला।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group