काठमाडौ १९ पौष । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सकिएको छ । बर्खामा बाढीले क्षति गरेको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भैरहेको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको मुहानस्थलमा क्षति गरेपछि मेलम्चीको पानी आउन सकेको छैन । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार अब गर्नुपर्ने बाँकी काम केही कठिन छ ।
तर अबको १० दिनभित्र सक्ने गरी काम भैरहेको इञ्जिनियर कुँवरले जानकारी दिए। अहिले ४५ जना कामदारले काम गरिरहेका छन् ।बाढीले हेडवर्क्सको संरचनालाई क्षति गरेपछि सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भैरहेको छ । बाँकी ३० प्रतिशत काम अबको १० दिनमा सकिए माघको पहिलो हप्ताभित्र काठमाण्डौमा अस्थायीरुपमा पानी आइपुग्नेछ ।खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा मेलम्चीको पानी काठमाण्डौमा निरन्तर झार्ने गरी काम भइरहेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्