ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   ११ : ३२   बजे

काठमाडौं, १९ पुस ।  बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो।राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति सिट लिने भन्ने सहमति जुटाउन दिनदिनै छलफल गरेका छन्।

दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुन: गठबन्धन बैठक बस्ने समझदारी बनेको छ।‘सरकारमा सहभागी चार राजनीतिक दलबीच छलफल भएको हो,’ बैठकपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘मुलतस् राष्ट्रिय सभा निर्वाचन विषयलाई नै लिएर छलफल भएको हो। छलफल निरन्तर चल्छ, आज साँझ–भोलि बिहान।’ उनले दलले आन्तरिक रूपमा पनि छलफल गर्ने बताए।

‘सबै पार्टीले आन्तरिक रूपले पनि छलफल गर्नु परेको छ। पार्टी-पार्टीका बीचमा पनि छलफल भइरहेका छन्, यसलाई निरन्तरता दिने,’ उनले भने, ‘एमालेसँग छलफल समसामयिक राजनीतिक विषयमा भएको हो भने गठबन्धनसँग राष्ट्रिय सभा चुनावबारे छलफल भएको हो।’

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यसअघि नै कुन दलले कति सिट लिने भन्ने विषयमा दलहरू सहमतिमा पुग्न छलफल गरिरहेका छन्।प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लाई पनि राष्ट्रिय सभामा समेटेर लैजाने प्रयास कांग्रेस र माओवादीले गरिरहेका छन्। यसैबीच बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group