ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थल अध्यागमनका कर्मचारीले काम रोके, आधा घण्टा सेवा अवरुद्ध


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   २ : ०९   बजे

काठमाडौं १९ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोकेका छन् । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थल अध्यागमनका कर्मचारीले काम रोके, आधा घण्टा सेवा अवरुद्ध  कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा परेका थिए ।

 

करिब तीन साता अघि अध्यागमन अधिकृत नुरबीर खड्का सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाउने गिरोहसँगको संलग्नताको आरोप पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेपछि नै कर्मचारीहरु असन्तुष्ट थिए । त्यसपछि उनीहरुले असल मनसायले गरेको काममा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्दै आएका थिए ।

यसबारे अध्यागमनका कर्मचारीहरुले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख गोगनबहादुर हमाललाई ज्ञापन पत्र दिएका थिए ।

कर्मचारीहरुको त्यही ज्ञापन पत्र र गुनासोबारे जानकारी गराउन बुधबार महानिर्देशक तामाङ र कार्यालय प्रमुख हमाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार गएका थिए । तामङ र हमाल गृहमन्त्रीसँग कुराकानी गर्न गएको समयमा यता विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीले काम रोकेका थिए ।

विमानस्थल अध्यागमन कार्यालयका उपसचिव झंकनाथ ढकालले असल मनसायले गरेको काममा अपराधी सरह व्यवहार भएको भन्दै कर्मचारीहरुले ज्ञापन पत्र दिएको र  यस्तै अवस्थामा काम गर्न नसक्ने कुरा उल्लेख गरेको बताए । यही पृष्ठभूमिमा बुधबार अध्यागमनको कामै अवरोध गर्ने गतिविधि भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group