ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन दिइन्न– प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   ४ : ५१   बजे

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रतिपक्ष (नेकपा एमाले) लाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन्।

प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन नदिइने उनले बताए।रामेछापको सुनापति गाउँपालिकाको भवन बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन पूरै अवधि जान्छ। यसमा कतै इफ, बट नसोच्नुहोला। कुनै आशंका गर्न जरूरी छैन।’

उनले सदन सुचारू गर्न र शान्ति प्रक्रियाका बाँकी काम सहज रूपले अघि बढाउन सत्तापक्ष र प्रतिपक्षका बीचमा हुन सक्ने जति समझदारी होस् भनेर चाहेको बताए।

‘केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो। लेखा समिति। जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ। तर हामीले सदन सुचारू गर्न सजिलो होस् र विधेयक अघि बढाउन सहज होस् भन्नाका लागि यो पटक लेखासहित तीन समिति सभापति नेकपा (एमाले) लाई दियौं।’
उनले यस्ता निर्णयले गठबन्धनमा कुनै आँच नआउने पनि बताए। ‘कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन।

यो गठबन्धन सानो दुःख र संघर्षले बनेको गठबन्धन होइन,’ उनले भने, ‘संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो।’ उनले अहिले केही मानिसहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाइरहेको पनि बताए। राष्ट्रिय सभा चुनावमा पनि एमालेलाई समेटेर जाने विषयमा सत्ता गठबन्धनभित्र बुधबार साँझ र बिहीबार बिहान पनि बालुवाटारमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले रामेछापमा यसबारे भने केही कुरा गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group