काठमाडौं १९ पुस । नेपालले बनाएको नानो स्याटेलाइट प्रक्षेपणको लागि भारतसँग सम्झौता भएको छ।
नेपाल एकेडेमी अफ साइन्स र डिपार्टमेन्ट अफ स्पेस भारतबीच नेपालको स्याटेलाइट प्रक्षेपणमा सम्झौता भएको हो।
नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ४ वटा सम्झौता भएका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले नेपाल र भारतबीच भएका ४ वटा सम्झौतामध्ये स्याटेलाइट प्रक्षेपणको सम्झौता एक भएको जानकारी दिए।
‘नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्ने विषयमा सम्झौता भएको हो’, राईले भने।
त्यसबाहेक १० हजार विद्युत भारत निर्यात गर्ने सम्झौता, नवीकरणीय ऊर्जामा सहकार्य गर्नेमा सम्झौता भएको छ।
प्रतिक्रिया दिनुहोस्