ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौद्ध गुरु उपाध्यक्ष डा. लामाद्वारा हिन्दू महायज्ञ उद्घाटन


ABC NEWS
२० पुस २०८०, शुक्रबार   ९ : १५   बजे

काठमाडौं २० पुस । पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरु उठिरहेको बेला रुपन्देहीको तिलोत्तमा भने धार्मिक सदभावको सन्देश देखिएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिनु भएको छ ।
पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरु एकताबद्ध रहेको सन्देश दिएका हुन । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरुको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताए ।
उनले हिन्दु धर्माम्बलम्बीहरु लुम्बिनी र स्वयम्भु सहज रुपमा जाने र बुद्धिष्टहरु पशुपती जाने गरेको बताउँदै सदभाव र सहकार्यमा नेपालीहरु एकताबद्ध रहेको बताए । ‘हिन्दुहरु सहजरुपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ, बुद्धिष्टहरु पनि पशुपतीमा जानुहुन्छ’ उपाध्यक्ष लामाले भने । उनले नेपालको संस्कृती, सदभाव र परम्परा एक आपसमा जोडिएको बताए । डा. लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरुको योग विश्वकै लागि नभई नहुने बनेको बताए । संविधानसभा सदस्य र पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सदभावलाई भत्कन दिन नहुने बताए ।
उनले सबैको सम्मान जनक उपस्थिती हुनुपर्ने बताउँदै नेपालीहरुविचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताए । नेपालीहरुविच जातजाती र विभिन्न धर्मका मानिसहरुविच एकतावद्ध रहेको उनले बताए । ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उनले भने ।
लुम्बिनी, सगरमाथा र पशुपतीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu