काठमाडौं २० पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता देश हितविपरीत भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले यो सम्झौताले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्ने जिकिर गरे । सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, व्यवहार र हस्तक्षेपलाई प्रवेश गर्ने मौका दिने उनले बताए ।
उनले सम्झौताले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश दिने भन्दै त्यसमा पुनःविचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।
“।।।यो सम्झौता नेपालको आर्थिक सम्पन्नता, स्वतन्त्र निर्णय गर्ने अधिकारलाई बन्देज गर्ने सम्झौता हुन सक्छ,” उनले भने । न्युज एजेन्सी नेपाल
भारतले २० करोड लगानी जसरी मन लाग्यो त्यसरी गर्ने हैन स् प्रधानमन्त्री
प्रतिक्रिया दिनुहोस्