काठमाण्डौ, ६ साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३५ औ स्मृति दिबश शुक्र्रबार देशैभर बिभिन्न कार्यक्र्रम गरी मनाई रहेको छ । नेपाली कांग्रेस र उनको भातृ संगठनहरुले देशैभर बिभिन्न कार्यक्र्रम गरी मनाइएको हो । दिबशको अबसरमा भक्तफपुरको बिपी चिन्तन प्रतिष्ठानले आज मध्यपुरथिमि–१ लोकन्थलीस्थित बिपी वनवाटिकामा वृक्षरोपण गरेर स्मृति दिवस मनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले पश्चिमा देशहरुले नेपालको समृद्धि र धरोहरलाई कमजोर पार्ने प्रयास गरेको बताउँदै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
स्थानीय तहको निर्वाचनको प्रसंग कोट्याउँदै उहाँले पहिलो चरणको निर्वाचनको समीक्षा नगरी दोस्रो चरणको निर्वाचनमा जथाभावी टिकट बाँड्दा काँग्रेसले धेरै ठाउँमा हार व्यहोर्नुपरेको जिकिर गर्नुभयो । चुनावमा सिंगो पार्टी लाग्न नसकेको टिप्पणी गर्दै उहाँले पार्टीले चुनाव नलडी, व्यक्तिले चुनाव लडेको आरोप लगाउनुभयो ।
कार्यक्रममा सांसद मनमोहन भट्टराईले बिपीको मेलमिलापको नीतिलाई काँग्रेसले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराई, जिल्ला अध्यक्ष गणेश प्रजापतिलगायतले बिपीको विचारलाई काँग्रेसले आत्मसात् गर्न नसकेको गुनासो गर्नुभयो ।
कूल पाँच रोपनी क्षेत्रफलमा फैलिएको बिपी वनवाटिकामा पार्क निर्माण गरी बिपी कोइराला, स्थानीय नेता जगन्नाथ आचार्य र कमलबहादुर खड्काको शालिक निर्माण गरिने वाटिका जग्गा व्यवस्थापन समितिका संयोजक विजयकृष्ण खड्काले बताउनुभयो ।
यसैबिच नेपाली काँग्रेस मकवानपुरले नेपालका प्रथम निर्वा्चित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको हो ।
२०३७ साल साउन ६ गते दिवङ्गत हुनुभएका वी.पी. कोइराला प्रजातान्त्रिक समाजवादका परिकल्पनाकारसमेत हुनुहुन्छ ।
यस्तै सिन्धुलीमा पनि दिबशको अबसरमा बृक्षा रोपण कार्यक्र्रम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्