काठमाडौं, २ फागुन । प्रदेश नम्बर १ मा नियुक्त मुख्यमन्त्री शेरधन राई र प्रदेश नम्बर ५ मा नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले बुधबार मुख्यमन्त्रीको सपथ लिने भएका छन्।
दुवै प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी समेत गरिएको छ।
प्रदेश ५ मा माओवादी र एमालेको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश १ मा भने एमालेको एकल बहुमत छ। एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति निर्वाचन अघि नै भएको थियो। राई भने एमाले सचिव भीम आचार्यसँग संसदीय दलको नेताको प्रतिष्पर्धामा विजयी भएका हुन्।
दुवै जना एमाले नेता हुन्। पोखरेल र राई दुवैले केन्द्र सरकारमा विगतमा सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका थिए।
प्रतिक्रिया दिनुहोस्