ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानको जीएम नियुक्ति प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै सच्याउन ७२ घण्टे अल्टिमेटम


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   ४ : ५०   बजे

काठमाडौं २५ पौष । नेपाल क्रिकेट संघ क्यानको जनरल म्यानेजर जीएम नियुक्ति त्रुटिपूर्ण रहेको भन्दै सच्याउन आवेदकले ध्यानाकर्षण गराएका छन् ।

क्यानको जीएम आवेदक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जीएम छनोटमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । उनले क्यानलाई प्रक्रिया सच्याउन ७२ घण्टाको अल्टिमेटम दिँदै त्यस अवधिसम्म नसच्चिए कानुनी उपचारका लागि अदालत जाने चेतावनी समेत दिए ।

क्यानको जीएम नियुक्तिमा भएका त्रुटिलाई सात बुँदामा समेट्दै कोइरालाले पारस पनि आबद्ध रहेको ‘बलियो नेपाल’ नामक संस्थाका व्यक्तिलाई ल्याउनु नातावाद हावी भएको दाबी गरे । कोइरालाले दाबी गरेझै पारस बलियो नेपालका संस्थापक सदस्य हुन् ।

क्यानले पुस २३ गते जीएममा बलियो नेपालका पूर्वकार्यक्रम संयोजक उत्सव ढुंगानालाई नियुक्त गरेको थियो । बलियो नेपालका फ्रन्ट डेस्क अफिसर सक्षम ढुंगानाका अनुसार उत्सवले गत जुलाईमा संस्था छोडेका थिए ।

कोइरालाले जीएम नियुक्तिको प्रक्रिया गलत रहेको भन्दै असन्तुष्ट व्यक्तिले करिअरको डरमा बोल्न नचाहेको बाह्रखरीलाई बताए ।

“मलाई पहिलो चरणबाट नै फालियो । मसँगै माछापुछ्रे बैंकका पूर्वसीईओ समेत रहेका व्यक्तिलाई पनि पहिलो चरणबाटै फालियो,” कोइरालाले बाह्रखरीसँग भने, “जीएमका लागि अन्तर्वार्तामा बोलाइएको १४ जनामध्येका १०–१२ जना प्रक्रियामा असन्तुष्ट हुनुहुन्छ । उहाँहरू आफ्नो करिअरमा असर पर्ने डरले सार्वजनिक हुन चाहनुभएन । उहाँहरू सबैको प्रतिनिधित्व गर्दै यो त्रुटिको आवाज मैले उठाएको हुँ ।”

यसबारे बुझ्न खोज्दा सचिव खड्काले भने फोन उठाएनन् ।

क्यानको जीएम छनोट प्रकृयामा देखिएको यो पहिलो विवाद भने होइन । यसअघि क्यानकै केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्वकार्यवाहक सचिव दुर्गाराज पाठकले पनि जीएम नियुक्तिमा व्यक्तिगत स्वार्थ देखिएको दाबी गरेका थिए ।

यस्ता छन् दाबी गरिएका सात त्रुटि
१। शनिबारको दिन सरकारी संस्था क्यानको जेनेरल म्यानेजरको पदको अन्तर्वार्ता एउटा लाजिम्पटको होटेलमा किन, क्यानको कार्यालय छैन रु कार्यालय खुल्ने दिन किन नलिएको रु

२। जेनेरल म्यानेजरलाई लिखितमा सोधेको प्रश्नको लेभल जुनिएर स्टाफलाई सोध्ने जस्तो थियो जुन प्रश्नबाट जीएम कसरी छनोट हुन्छ रु ४ जनवरी २०२४ अफिस समय सकिएपपछि ५ बजेदेखि ६ बजेसम्म किन लिखित परीक्षा गरियो रु

३। क्यानका सचिवले जीएमको सर्टलिस्ट क्यान्डिडेटको नामावली पत्रिका अथवा सूचना पार्टीमा किन पब्लिस नगरेर इमेलमार्फत क्यान्डिडेटलाई मात्र जानकारी गराएको रु

४। ५ जनवरी २०२४ मा साँझ ७ बजे इमेल गरेर भोलिपल्ट बिहान ११ बजे नै प्रिजेन्टेसन् र अन्तर्वार्ता छ भनेर इमेलमार्फत किन छोटो समय दिइयो जसमा जीएम क्यान्डिडेटले रातभरीमा कस्तो प्रिजेन्टेसन गर्न सक्छन् रु
५। बलियो नेपालको संस्थापकमा रहेको क्यानका सचिव पारस खड्का र त्यस संस्थाका आबद्ध व्यक्तिलाई नै किन जेनेरल म्यानेजर छनोट गरियो के यो नातावाद हो रु

६। अब नयाँ परीक्षा लोकसेवालाई अनुरोध गरेर लिनुपर्ने कुरा सम्मानीय प्रधानमन्त्रीज्यू, खेलकुद मन्त्रालय, खेलकुद विभाग र सम्पूर्ण खेलप्रेमी नेपाली महानुभावमा अनुरोध गर्दछु ।

७। क्यान भन्ने संस्था कसैको निजी कम्पनी नभएकाले समग्र नेपालको क्रिकेट खेलको विकासका लागि राम्रो नेतृत्व आउनु पर्छ भन्ने हो र यदि ७२ घण्टाभित्र जेनेरल म्यानेजरको छनोट प्रक्रियामा भएको त्रुटि सुधार नगरे हामी क्यान्डिडेटहरू सर्वोच्च अदालतमा गएर क्यानका सचिव पारस खड्का र क्यानलाई जेनेरल म्यानेजर छनोट प्रक्रियाविरुद्ध मुद्दा हाल्ने छौँ ।

press-1704884317.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group