काठमाडौं, ३ फागुन । आईसीसी वल्र्ड क्रिकेट डिभिजन टु अन्र्तगतको खेलमा नेपालबाट क्यानडा १ विकेटले पराजित भयो । क्यानडा पराजीत भए सगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेको छ ।
लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वा्धिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।
नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसंगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ
। नेपालले ५ मध्ये ४ मा जित निकाल्दै ८ अकंसहित शीर्ष स्थानमा रहन सफल भयो । घरेलु टोली नामिबियालाई पराजित गर्दै युएई दोस्रो स्थानमा रहदै विश्वकपको छनौटका लागि छानिएको छ । ५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया र युएईले समान ६ अंक जोडे पनि युएई रनरेटका आधारमा शीर्ष दुईमा पर्न सफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्