ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर भाडामा लिएर काठमाडौंमा नक्कली मदिरा कारखाना, समातिए एकै गिरोहका ९ जना


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   ३ : १०   बजे

काठमाडौं ३ माघ । काठमाडौंमा घर भाडामा लिएर सञ्चालन गरिरहेको नक्कली मदिरा कारखाना भेटएको छ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(५ थलीस्थित एक घरभित्र नक्कली मदिराको कारखाना भेट्टाएको हो।

उक्त कारखानामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार छापा हानेको थियो। कागेश्वरी मनोहरा(५ थलीस्थित भरत थापाको २ तल्ले पक्की घरमा विनोद कुमार कार्कीले भाडामा लिएर नक्कली मदिराको कारखाना चलाएको भेटिएको हो।

कार्कीले भाडामा लिएको घरमा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक बनाइरहेको अवस्थामा भेटिएको हो।

प्रहरीले उक्त घरबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा, चिनी(पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कका स्टिकर, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामान पनि बरामद गरेको छ।

उक्त कारखाना चलाउने विनोद कार्कीसहितका ९ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार कार्की नेतृत्वको गिरोहले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालोबजारी गर्ने गरेको खुलेको छ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालयका अन्तशुल्कका नक्कली स्टिकरहरु प्रयोग गरेर ती मदिरा बजारमा पठाउने गरेको पनि प्रहरीले पत्ता लगाएको छ।

स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू यो गिरोहले प्रचलित बजार दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पनि अपराध अनुसन्धान कार्यालयले पत्ता लगाएको छ।

अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा बेच्ने गिरोहविरुद्ध यसअघि पनि कारबाही चलाइसकेको छ। पहिलो पटक २०७८ माघ १० गते र दोस्रो पटक २०७९ माघ १४ गते यस्तै कारबाही कार्यालयले चलाएर ठूलो परिमाणको नक्कली मदिरा बरामद गरेको थियो।

हाल काठमाडौंको मूलपानी बस्ने रामेछापको खाँडादेवी गाउँपालिका २ निवासी २८ वर्षीय मनोज खत्री।

रामेछापको खाँडादेबी गाउँपालिका(२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की।

सिन्धुपाल्चोकको चौतारा(३ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २७ वर्षीय मोहन खड्का।

सिन्धुलीको कमलामाई नगरपालिका(९ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङ।

काठमाडौंको कागेश्वरी मनोहरा वडा(६ घर भई हाल मूलपानी बस्ने ३५ वर्षीय सुमन नगरकोटी।

सिन्धुलीको कमलामाई नगरपालिका(७ घर भई हाल कोटेश्वर बस्ने ४० वर्षीय लेखब्रिकम थापा।

रामेछापको मजुवा गाउँपालिका(३ घर भई हाल मूलपानी बस्ने २३ वर्षीय महेश खत्री।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका(१ घर भई हाल मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की।

रामेछापको खाँडादेवी नगरपालिका(२ घर भई हाल मूलपानी बस्ने २० वर्षीय मनीष खत्री।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu