ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानस्थित ‘आतंकवादी आश्रयस्थल’मा पाकिस्तानको हवाई आक्रमण


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   १ : ३१   बजे

काठमाडौं ४ माघ । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि इरानस्थित ‘आतंकवादी आश्रयस्थल’लक्षित हवाई हमला गरिएको पाकिस्तानले बिहीबार जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादी लुकेका स्थानलाई लक्षित गरी शृंखलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले पाकिस्तानमा मंगलबार राति ‘आतंकवादी समूह’विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त हमला गरिएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन सहर वरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

पाकिस्तानले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका निम्ति विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लंघन’को निन्दा गरेको थियो ।

इराक र सिरियामा पनि ‘इरानविरोधी आतंवादी समूह’विरुद्ध आक्रमण गरेपछि पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको तेहरानले जनाएको थियो ।

तेहरान र इस्लामाबादले एकार्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन् । तर, दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ ।

इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीले ‘रेड सी’मा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समयमा इरानको हमलाले मध्यपूर्वमा थुप्रै संकट थपेको छ ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए ।

यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लंकन गरेको बताएका छन् ।

पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ गरिएको थियो भन्नेबारे केही उल्लेख छैन । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुरनजिकै गरिएको थियो ।

आक्रमण हुनुभन्दा केही घण्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए ।

“पाकिस्तानको सार्वभौमिकताको यो उल्लंकन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुनसक्छ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu