ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   १ : २७   बजे

काठमाडौं ५ माघ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा। श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो।  उक्त समितिमा अर्थसचिव डा। कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन्।

 

धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन गरिएको हो। अब समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ।

अर्थमन्त्रीले उक्त सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने र मन्त्रिपरिषद् सिफारिसमा परेका तीन जनामध्येबाट कुनै एक जनालाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने धितोपत्रसम्बन्धी ऎनमा उल्लेख छ।

बोर्डको अध्यक्ष बन्न ८ जना आकांक्षी छन्।

स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारी डा। नवराज अधिकारी र कृष्ण पोखरेल, नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद, तत्कालीन बिमा समिति हाल बिमा प्राधिकरण० का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu