ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ प्रणालीमा एकैदिन थपियो २६ अर्ब लगानी योग्य रकम, निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   १ : ४२   बजे

काठमाडौं ५ माघ । पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ निक्षेप रकम थपिएको छ।  पुस २८ गते बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ४ अर्ब निक्षेप थियो। जुन पुस २९ गते २६ अर्ब थपिएरसँगै बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३० अर्ब पुगेको छ।

यस्तै समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।  पुस २८ गतेसम्म कूल ५० खर्ब ५९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पुस २९ गते नै २७ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन्।

कूल लगानीमध्ये ४४ खर्ब ९९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८७ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन्।

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०।२६ प्रतिशत सीडी रेसियो ९कर्जा निक्षेप अनुपात० कायम गरेका छन्। मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ।

तथ्यांक हेर्दा अझैँ बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी तरलता० रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu