ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई मधेसका सबैजसो क्षेत्रमा बिहान बाक्लो हुस्सु चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   ८ : ३८   बजे

काठमाडौ ७ माघ । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो । बिहान अबेरसम्म नजिकै पनि देख्न नसक्नेगरी हुस्सु लाग्छ । शीतसहितको हावाले मुटु कठ्याङ्ग्रिन्छ । पटेल भन्छन ‘चिसोले सताइरहेको छ, गाईबस्तुलाई घाँसकुँडो दिनै समस्या छ, पानी बोकेको हावा चल्छ, हातगोडा कक्रक्क हुन्छ अनि कसरी बाहिर निस्कनु, दिउँसोपछि अलि कम भए पनि भोलि बिहान फेरि उस्तै हुन्छ ।’ सर्लाही मात्र हैन तराईका सबैजसो क्षेत्रमा बिहान बाक्लो हुस्सु लाग्न थालेको तीन हप्ता भइसक्यो । बिहान चल्ने हावामा हिँड्यो भने शरीर नै भिजाउने गरी शीत पर्छ ।

केही ठाउँमा दिउँसोतिर मौसम खुले पनि कतै त दिनभर नै घाम लाग्दैन । अहिलेको अवस्थालाई हेर्दा तराईका जिल्लाहरुमा शीतलहर चलेको भन्न सकिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्दीय विभागका मौसम अनुसन्धानकर्ता विनोद पोखरेल बताउछन । तर जल तथा मौसम विज्ञान विभागले तराईमा शीतलहर चलेको घोषणा गरेको छैन । शीतलहर चलेको घोषणा गरेपछि प्रभावित क्षेत्रमा तीनवटै तहका सरकारहरु क्षति न्यूनीकरणका लागि सक्रिय हुनुपर्छ ।

पीडितहरुलाई राहत पुर्याउनुपर्छ । कतै त्यही भूमिकाबाट पन्छिन शीतलहरको घोषणा नगरेको हैन भन्ने प्रश्न उठेको छ । तर मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सञ्जीव अधिकारी शीतलहर घोषणा गर्नुपर्ने गरी सूचकहरु पूरा नभएको दाबी गर्छन । मौसमविद् अधिकारी भन्छन ‘अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कति छ र कतिको परिवर्तन भएको छ लगायतका सूचकका आधारमा शीतलहर घोषणा गर्ने हो ।

सूचक पूरा भएपछि घोषणा गर्छौँ, अहिलेसम्म सूचक पूरा भएको देखिँदैन ।’नेपालको तराईमा तीन दशक अघिसम्म अहिले जस्तो शीतलहर चल्दैनथ्यो । सन् १९९२ पछिका हिउँदमा नेपालको तराईमा दिनभरि घाम लाग्न छाडेको हो । यसमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा खुलेका उद्योगले वायुमण्डल प्रदूषित हुनु मुख्य कारण रहेको विज्ञहरु बताउँछन् । मौसमविद्का अनुसार हिउँदमा गंगा र यमुना नदीबाट आउने जलवाष्प प्रदूषित वायुमण्डलमा मिसिन्छ ।

जमिनको सतहदेखि झन्डै ५ सय मिटरसम्म यस्तो कुहिरो बन्छ । जमिनको तापक्रम कम र माथिको तापक्रम बढी हुने भएकाले कुहिरो माथि जानुको साटो दायाँबायाँ फैलिन्छ । तापक्रम कम हुने र ठूलो मौसमी प्रणाली नआउने भएकाले लामो समयसम्म कुहिरो हट्दैन । शीत खसेजस्तै पानी पर्ने भएकाले यसलाई शीतलहर भनिएको हो । शीतलहर चल्दा दिउँसो तापक्रम स्थिर हुन्छ । यो क्रम हरेक वर्ष बढ्दो छ ।यसपालि शीतलहर भनेर औपचारिक घोषणा नभए पनि प्रकृति उस्तै देखिएको छ । तीन हप्तादेखि चलिरहेको हुस्सु कुहिरोको अवस्थामा सुधार हुन पश्चिमी वायुको प्रणाली सक्रिय हुनैपर्ने मौसमविद् अधिकारी बताउछन।

दिउँसो तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन् चिसो हुन्छ । पर्याप्त तातो र झोलिलो खाना नपाउने विपन्न वर्गका मानिसले घरमै पनि ज्यान गुमाउँछन् । तराईमा अहिलेको चिसोबाट बच्न न्यानो कपडा तथा पर्याप्त तातो र झोलिलो खानेकुरा नै रहेको विज्ञहरु बताउँछन् । यस्तै, बिहान सकेसम्म घरबाहिर निस्कनुहुन्न ।चिसोले तराईमा ज्यानै जाने अवस्था आउनुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको पाइन्छ । न्यानो कपडा किन्ने तथा अर्को वर्षका लागि राख्ने चलन नभएका समुदाय बढी प्रभावित हुने गरेका छन् । शीतलहरको अवस्था घोषणा भए पनि, नभए पनि तराईका जिल्लाहरुमा चिसोबाट नागरिकलाई बचाउन पालिका, प्रदेश र सङ्घीय सरकारले पहल गर्न ढिला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group