काठमाडौं ७ माघ । चालु आर्थिक वर्ष २०८०र०८१ को ६ महिना साउनदेखि पुससम्ममा पाँच हजारभन्दा बढी विद्युतीय गाडी ईभी० नेपाल भित्र्याइएको छ । भन्सार विभागका अनुसार ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँबराबरका पाँच हजार १०७ ईभी भित्र्याइएको हो ।
त्यसबापत सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो अवधिमा ५० किलोवाट क्षमतासम्मका दुई हजार ५६ र ५१ देखि १०० किलोवाटका दुई हजार ९७० ईभी नेपाल भित्र्याइएको छ ।
यस्तै, २०० किलोवाट क्षमताका ६८ र त्यसभन्दा माथिका १३ बिजुली गाडी नेपाल भित्र्याइएको छ ।
गत आर्थिक वर्ष २०७९र०८० को यसै अवधिमा एक हजार ७४९ ईभी नेपाल भित्र्याइएको थियो । चालु आवको तुलनामा यो करिब तीन गुणा कम हो ।
त्यति बेला भित्र्याइएका चार अर्ब ९२ करोड ९१ लाख रुपैयाँबराबरका गाडीबाट सरकारले एक अर्ब ३३९ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्