ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरण -रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   ३ : ०६   बजे

काठमाडौं ७ माघ । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० ले अनुसन्धान सुरु गरेको छ।

गत साता सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले मगाएको हो। ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका थिए।

पत्र पठाइसकेपछि फोन गरेर पनि उनले फाइल सीआईबीमा पठाउन भनेका थिए।  तर जारी अनुसन्धानबारे उनले बताउन चाहेनन्। सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गत साता नै पठाइसकेका छन्।

अहिले सीआईबीले सबै जिल्लाबाट आएका फाइल अध्ययन गरिरहेको सीआईबी उच्च स्रोतले जानकारी दियो।

‘अहिले सबै जिल्लाका फाइल मगाएर हामी हेर्दैछौँ। एकै ठाउँमा राखेर अनुसन्धान गर्दा राम्रो हुन्छ भन्ने हो। यसबाहेक जिल्ला प्रहरी कार्यालयले यसअघि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धानका लागि लेखि पठाएका छन्’, सीआईबीका एक अधिकारीले भने।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेको छ। जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन्।

सीआईबीलाई फाइल बुझाउनुअघि नै जिल्लाले सम्पत्ति शुद्धीकरणमा पत्राचार गरेका थिए।

यस्तै गतसाता नै सहकारी विभागमा पनि उनीहरुविरुद्ध उजुरी परेको छ। सहकारी विभागले पनि यस विषयमा कारबाही अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group