ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश भट्टराईको राजीनामा अन्य दुईको के हुन्छ ?


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   ३ : ३६   बजे

काठमाडौं ७ माघ । जिल्ला न्यायाधीश डा। परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले न्यायपरिषदमार्फत शुक्रबार नै प्रधानन्यायाधीश समक्ष दिएको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

मुद्दामा मोलाहिजा गरेको, क्षमताको अभाव र बदनीयतलगायतका विषयमा न्याय परिषदमा परेका उजुरीका आधारमा डा। भट्टराईसँगै जिल्ला न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला र राजकुमार कोइराला छानबिनमा तानिएका थिए ।

उनीहरूमाथि विस्तृत छानबिनका लागि न्यायपरिषदले सर्वोच्चका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको अध्यक्षतामा न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ विज्ञसदस्य रहेको समिति गठन गरेको थियो ।

सर्वोच्चका न्यायाधीश डा। भट्टराई नेतृत्वको समितिले विस्तृत छानबिन गरी न्याय परिषद्लाई आफ्नो प्रतिवेदनसमेत दिइसकेको अवस्थामा परिषदले निर्णय नगर्दै न्यायाधीश भट्टराईले शुक्रबार राजीनामा दिएका हुन् ।

सोतका अनुसार विस्तृत छानबिनमा तानिएका तीनमध्ये दुई न्यायाधीशलाई बर्खास्त गर्न समितिले सिफारिस गरेको छ । को–को न्यायाधीशलाई बर्खास्त गर्ने भन्ने सिफारिस सार्वजनिक नहुँदै भट्टराईले भने राजीनामा दिएका छन् ।

उनको राजीनामा स्वीकृत भयो र न्यायपरिषदले पदबाट हटिसकेकाले केही गरिरहनु परेन भन्यो भने उनले आफूमाथि लागेको आरोपबाट मुक्ति पाउने र निवृत्तिभरण सुविधासमेत पाउने छन् । तर, उनको राजीनामा स्वीकृत नगरी छानबिनका आधारमा न्यायपरिषदले बर्खास्त गरेमा उनी सबै सुविधाबाट बञ्चित हुनेछन् ।

०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । न्यायाधीश भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरीलगायत माथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो ।

उनको त्यही फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषदमा उजुरी परेपछि भट्टराई छानबिनमा तानिएका थिए ।

के होला न्यायाधीश निरौला र कोइरालाबारे ?

डा। भट्टराईसँगै जिल्ला न्यायाधीशहरु अम्बिका निरौला र राजकुमार कोइराला पनि छानबिनमा छन् । उनीहरूबाट भने डा। भट्टराइको जस्तो कुनै निर्णय आएको छैन । काठमाडौँ जिल्ला अदालतमा रहँदा न्यायाधीश निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादी भारतीय नागरिक भन्दै सफाइ दिएको तथा केही मुद्दामा मोलाहिजा गरेको आरोप छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै २०७८ असोज ५ मा न्यायाधीश निरौलाले प्रतिवादी दुर्गाबहादुर बुढाथोकीलाई सफाइ दिएका थिए । एउटै व्यक्ति भएता पनि ‘नाम फरक परेको’ भनी बुढाथोकीलाई सफाइ दिएको आरोप निरौलामाथि छ ।

उक्त मुद्दामा प्रहरीले मौकामा बरामद गरेको पेस्तोलमा मेड इन यूएसए लेखिएको र ल्याब रिपोर्टमा होम मेड भन्ने रिपोर्ट आएको कारण उक्त हतियारबाटै गोली प्रहार भएको पुष्टि हुन नसक्ने भन्दै न्यायाधीश भट्टराईले सफाइ दिएका थिए ।

त्यस्तै न्यायाधीश निरौलाविरुद्ध सोनालीकुमारी सिंह अर्थात् निहारिका राजपूतको बलात्कार प्रकरणमा आरोपित रहेका निहारिकाका पति शिवराज श्रेष्ठलाई बलात्कार कसुरबाट सफाइ दिएको मुद्दामा पनि उजुरी परेको थियो ।

काठमाडौं जिल्ला अदालतकै अर्का न्यायाधीश राजकुमार कोइराला भने व्यवसायी ईच्छाराज तामाङको सहकारी ठगी मुद्दामा वकिलसँग पैसा लेनदेनको अडियो सार्वजनिक भएपछि इजलाशबाट अलग गरिएका छन् ।

सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङलाई सहकारी ठगी प्रकरणमा थुनछेकका लागि थुनामा नपठाएर धरौटीमा रिहा गर्ने र त्यसबापत दुई करोड घुस दिने विषयमा नेपाल बार एशोसिएसनका तत्कालीन कोषाध्यक्ष रुद्र पोखरेलसँगको कुराकानीको अडियो बाहिरिएपछि उनी छानबिनमा छन् ।

त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । यद्यपि न्यायाधीश कोइरालाको इजलासले सार्वजनिक अडियोको फोन संवादमा भएजस्तो तामाङलाई धरौटीमा छाड्ने आदेश भने गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu