ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा एमाले र माओवादीको स्थान साटिँदै, ६ वर्षमा देखिएको उतारचढाव


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १ : ०४   बजे

काठमाडौं ८ माघ । सत्ता गठबन्धनभित्र ‘अन्तर्घात’ नभएमा आउँदो निर्वाचनसँगै राष्ट्रियसभामा माओवादी पहिलो दल बन्ने देखिन्छ । फागुन २१ गतेबाट राष्ट्रिय सभामा दलीय हैसियत हेरफेर हुनेछ । नेपाली कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा पुग्नेछ ।

यतिखेरसम्म सत्ता गठबन्धनभित्र कुनै विद्रोह या अन्तर्घातका संकेत देखानपरेको हुँदा एमाले पहिलोबाट तेस्रो स्थानमा पुग्ने लगभग निश्चित छ । राष्ट्रियसभामा १९ सदस्यका निम्ति माघ ११ गते निर्वाचन हुँदैछ ।

माओवादी मनोनीतिसहित १९ सदस्यीय पहिलो दल हुनेछ । कांग्रेस १६ सिटसहित दोस्रो दल हुनेछ । एमाले ९ सिटसहित तेस्रो दलको रुपमा खुम्चिनेछ । त्यसरी नै एकीकृत समाजवादी ८ सिटसहित चौथोे हुनेछ ।

फागुन २१ गतेपछि राष्ट्रिय सभामा जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य हुनेछन् । सत्ता गठबन्धनले बाँकी रहेको मनोनीत जनमोर्चालाई दिए उसको दुई सिट हुनेछ । यसरी राष्ट्रिय सभामा ७ दल कायम रहने देखिएको छ ।

राष्ट्रिय सभाको ६ वर्षे कार्यकालमा दलहरूबीच एकता, विभाजन र गठबन्धनले हैसियत फेरिन लागेको हो । राष्ट्रिय सभाको पहिलो निर्वाचन २०७४ फागुन २४ गते भएको थियो । राष्ट्रिय सभामा पाँच दलको प्रतिनिधित्व भयो । जसमा पहिलो दल एमाले बन्यो । एमालेबाट २९ सदस्य निर्वाचित भएका थिए । दोस्रो दल बनेको कांग्रेसबाट १३ सदस्य निर्वाचित भएका थिए ।

नेकपा एमालेसँग सहकार्य गर्दा पनि तेस्रो दल बनेको माओवादी केन्द्रबाट १० सदस्य निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल २, संघीय समाजवादी फोरमबाट २ सदस्य निर्वाचित भएका थिए । ०७४ फागुन ८ गते राष्ट्रपतिबाट ३ जना सदस्य मनोनीत भएपछि राष्ट्रियसभा ५९ सदस्यीय बनेको थियो ।

मनोनीत हुनेमा एमालेबाट युवराज खतिवडा, विमला राई पौडेल थिए भने माओवादीबाट रामनारायण बिडारी थिए । मनोनीतसहित एमाले ३१ र माओवादीले ११ सिट पाएको थियो । राष्ट्रिय सभामा गोलाप्रथाबाट सदस्यहरूको कार्यकाल निर्धारण भएको थियो । जसमा २, ४ र ६ वर्ष कार्यकाल तय गरिएको थियो ।

राष्ट्रियसभाको निर्वाचन भएको ३ महिनामा नै दलहरूको हैसियत फेरिएको थियो । ०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भयो । एकता भएर बनेको नेकपा मनोनीतसहित ४२ सदस्यीय बन्यो । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल नेकपा बन्यो ।

त्यस्तै, ०७६ वैशाख २३ गते संघीय समाजवादी पार्टी फोरम र नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी गठन भयो । त्यतिबेला समाजवादी पार्टीसँग राष्ट्रियसभाका एक सदस्य थिए । उक्त पार्टी र राष्ट्रिय जनता पार्टी ०७७ वैशाख ११ गते एकता भयो । दुई बीच एकता भए बनेको जनता समाजवादी पार्टी ९जसपा०, सँग राष्ट्रियसभामा तीन सदस्य थिए ।

०७६ माघ ९ गते राष्ट्रियसभाको दोस्रो निर्वाचन भएको थियो । १९ सदस्य दुई वर्षे कार्यकाल पूरा भएर बिदा भए । जसमा मनोनीत युवराज खतिवडाको पनि कार्यकाल सकिएको थियो । दुई वर्षे कार्यकाल पूरा हुनेमा नेकपाका मनोनीत एकसहित ९, कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादीका एक जना थिए ।

१८ स्थानका लागि निर्वाचन भएको थियो । जहाँ नेकपा र राष्ट्रिय जनता पार्टीबीच चुनावी गठबन्धन बनेको थियो । नेकपाले १६ सिट र जसपाले २ सिट जितेको थियो । कांग्रेसले आफ्नै ७ सिट पनि जोगाउन सकेन । नेकपालाई ८ सिट फाइदा भएको थियो ।

दुई वर्ष कार्यकाल पूरा हुँदा नेकपा ४९ सिटको बनेको थियो । ०७७ असोजमा वामदेव गौतम मनोनीत भएपछि नेकपा ५० सदस्यीय बनेको थियो । राष्ट्रियसभामा नेकपा ५० सदस्यीय बन्दा कांग्रेस ६ सिटसहित दोस्रो दल बनेको थियो । त्यस्तै जसपासँग ३ सिट थियो ।

तर, २०७७ फागुन २३ गते सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । नेकपा विभाजित हुँदा एमाले मनोतीतसहित ३५ सदस्यीय बन्यो । र, माओवादी मनोनीतसहित १५ सदस्य बनेको थियो ।

कांग्रेस ६ सिटसहित तेस्रो बनेको थियो । जसपासँग ३ सिट थियो ।

उपनिर्वाचनले स्वतन्त्रको प्रवेश, कांग्रेसलाई फाइदा

नेकपा विभाजन हुँदा माओवादीबाट निर्वाचित रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का एमालेमै बसे । उनीहरू एमालेमै रहेपछि माओवादीले कारबाही गर्‍यो । ती ठाउँमा २०७८ जेठमा उपनिर्वाचन भयो ।

उपनिर्वाचनमा बादलको स्थानमा स्वतन्त्र नेकपा एमालेको तत्कालीन वरिष्ठ नेता माधव नेपालको सहयोग पाएका स्वतन्त्र उमेदवार खिमलाल देवकोटा र लुम्बिनीमा खड्काको रिक्त पदमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भए । एमालले १ सिट गुमाउँदा स्वतन्त्रको प्रवेश भयो भने कांग्रेस एक सिट बढाएर ७ सिट पुर्‍यायो ।

०७८ भदौ ९ गते एमाले र जसपा विभाजित भयो । ०७८ भदौ ९ गते एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । राष्ट्रिय सभामा एमालेका ७ जना सदस्य एकीकृत समाजवादीमा आबद्ध भए ।

त्यस्तै जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठन भयो । एक सदस्य लोसपामा अबद्ध भए । एमाले र लोसपा विभाजित हुँदा दलहरूको सिट संख्या फेरियो ।

एमाले मनोनीत एकसहित २५ सदस्य, माओवादी १५, कांग्रेस ७, एकीकृत समाजवादी ७, जसपा २, लोसपा १ र स्वतन्त्र १ सिट रह्यो । त्यस्तै मनोनीत वामदेव गौतमले ०७८ भदौ १९ गते एमाले छाडेर छुट्टै दल गठन गरे ।

तेस्रो निर्वाचन २०७८ माघ १२ गते भयो । ०७८ फागुन २० गते चार वर्षे कार्यकाल पूरा गर्ने राष्ट्रियसभाका २० सदस्य थिए । जसमा एमालेका ८, कांग्रेसका ३, माओवादीका ४ एकीकृत समाजवादीका ४ सदस्य थिए ।

मनोनीत रामनारायण बिडारीको पनि कार्यकाल चार वर्ष नै थियो । उक्त चुनावमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन चुनावमा होमिएको थियो । जसमा एमालेले १ सिट मात्रै जितेको थियो ।

कांग्रेस ६, माओवादी ५, एकीकृत समाजवादी ५, जसपा १ र जनमोर्चाले समेत १ सिट जितेको थियो । ४ वर्षे कार्यकालमा राष्ट्रियसभामा ७ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उपस्थिति थियो ।

०७८ फागनु २१ चुनावपछि पनि राष्ट्रियसभामा एमाले पहिलो दल थियो । एमाले एक मनोनीतसहित १८ सदस्यीय थियो । दोस्रो दलको रुपमा माओवादी एक मनोनीतिसहित १६ सदस्य थिए । कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १, स्वतन्त्र १ र मनोनीत ९वामदेव गौतम० १ सिटको हैसियतमा रहे ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा ०७९ माघ २५ गते उपनिर्वाचन भएको थियो । जसमा एमालेका कुमार दसौंदी निर्वाचित भएका थिए । उनको पनि फागुन २१ बाट पदावधि सकिनेछ । उनको स्थानमा निर्वाचन भइसकेको छ । ६ वर्षको अवधिमा ३ वटा स्थानमा उपनिर्वाचन भयो ।

२०८० फागुन फागुन २१ गतेबाट एक मनोनीतसहित २० सदस्यको पदावधि सकिँदैछ । जसमा एमालेबाट एक मनोनीतसहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीबाट दुई, जसपा एक र स्वतन्त्र एकको पदावधि सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group