ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १ : ३४   बजे

काठमाडौ ८ माघ । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति प्रतिमा तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ ।

लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राममन्दिरमा प्राणप्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राणप्रतिष्ठा गर्न लागिएको नगरप् प्रमुख  हरिप्रसाद मण्डलले जानकारी दिए।“स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राणप्रतिष्ठा गरी पूजाअर्चना थालिनेछ”, नगरप्रमुख मण्डलले भन्नुभयो, “रामलीला श्रीरामको बालस्वरुपको प्रतिमा अयोध्यामा प्राणप्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।”

अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उनको भनाइ थियो ।प्रतिमा स्थापित र प्राणप्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मीसागरमा आरती भइरहेको छ । लक्ष्मीसागर तलाउ अघि त्रेतायुगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदैछ ।

यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मीसागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदनुभएको हो । प्रतिमा बनाउन काठका २० वटा प्लाई फलेक प्रयोग भएका उनले बताए ।आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगरक्षेत्रमा नगर शोभायात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राणप्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group