ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा आएको भूकम्पको अध्ययन गरी अयोध्यामा राम मन्दिर निर्माण, एक हजार वर्ष टिक्ने


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १ : ४५   बजे

काठमाडौं ८ माघ । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ ।

भारतभित्र विपक्षी दलहरूले राम मन्दिरलाई भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा०को ‘राजनीतिक परियोजना’ भनि आलोचना गरेका छन् । विपक्षी दलहरूले प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरे ।

त्यति मात्र होइन, विपक्षी दलहरूले यसै वर्ष भारतमा हुने आम निर्वाचनलाई लक्षित गरी भाजपाले राम मन्दिरको निर्माण पूरा नहुँदै प्राणप्रतिष्ठा गरेर मतदाता आकर्षित गर्ने काम गरेको आरोप लगाएका छन् । विपक्षीले आरोप लगाए पनि भाजपाले भने राम मन्दिरको प्राणप्रतिष्ठालाई शुद्ध धार्मिक कार्यक्रम बताउँदै आएको छ ।

भारतभित्र राम मन्दिर र प्राणप्रतिष्ठालाई लिएर विवाद भए पनि मन्दिर ठूलो लगानीमा निकै आकर्षक बनेको सबैले स्वीकारेका छन् । मन्दिर निर्माण गर्न १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अयोध्याको भव्य राम मन्दिर केवल पूजा गर्ने ठाउँ होइन, यसले प्राचीन आस्था र आधुनिक विज्ञानलाई पनि जोडेको छ । राम मन्दिर आधुनिक इन्जिनियरिङको एउटा नमुना बनेको छ । यसलाई शक्तिशाली भूकम्प र ठूलो बाढीले क्षति गर्न नसक्ने गरी निर्माण गरिएको छ ।

जुन प्रविधि अपनाएर अयोध्यामा राम मन्दिर निर्माण भएको छ, त्यसको आधारमा एक हजार वर्षसम्म यो केही नहुने बताइएको छ ।

राम मन्दिर टाटा कन्सल्टिङ इन्जिनियर्स लिमिटेडको व्यवस्थापनमा लार्सन एण्ड टुब्रो कम्पनीले निर्माण गरिरहेको छ । यो सावधानीपूर्वक गरिएको योजना र आधुनिक निर्माण प्रविधिको सम्मिश्रण हो ।

राम मन्दिरको डिजाइन ३६० वटा स्तम्भ भएको परम्परागत नगर वास्तुकला शैलीबाट प्रभावित छ । मन्दिर पूर्णतया ढुंगाले बनेको छ, जसमा आधुनिक फलाम, स्टिल र सिमेन्ट प्रयोग गरिएको छैन । मन्दिरलाई भूकम्पबाट सुरक्षित राख्न यो निर्णय गरिएको हो ।

अन्य सामग्रीको तुलनामा, ढुंगाको आयु लामो र टिकाउ हुन्छ । यहीकारण सयौँ वर्ष पुराना मन्दिरहरू अझै सुरक्षित रहेको विश्वास गरिन्छ । साथै राम मन्दिर निर्माणमा ढुंगालाई विशेष स्थान दिइएको छ ।

राम मन्दिर निर्माण गर्दा यसको जगमा वैज्ञानिकहरूले विशेष ध्यान दिएका छन् । मन्दिर ‘रोल्ड कम्प्याक्टेड कंक्रीट’को १५ मिटर बाक्लो तहमा बनाइएको छ, जसमा फ्लाई यस, धुलो र रसायनबाट बनाइएको ‘कम्प्याक्टेड कंक्रीट’को ५६ तहहरू समावेश छन् । मन्दिरको बलियो ‘बेस’लाई २१ फिट बाक्लो ‘ग्रेनाइट’ले थप बलियो बनाइएको छ, जसले मन्दिरलाई आर्द्रताबाट जोगाउन मद्दत गर्नेछ ।

राम मन्दिरको आधार स्तम्भहरूलाई नदीहरूमा बनेका ठूला पुलहरूसँग तुलना गरिएको छ । जसका कारण भूकम्पीय जोखिम कम हुने विश्वास लिइएको छ ।

मन्दिर निर्माण टोलीले अयोध्यादेखि नेपालसम्म फैलिएको क्षेत्रमा हालसम्म आएका भूकम्पको तीव्रताको अध्ययन गरेको थियो । त्यसपछि, राम मन्दिरको लागि एक अद्वितीय डिजाइन प्रयोगशालामा बनाइएको थियो । इण्डिया टुडेको रिपोर्टअनुसार राम मन्दिरले ६।५ म्याग्निच्युडको भूकम्प थेग्न सक्नेछ ।

राम मन्दिरको डिजाइन गर्दा चेन्नईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट केही महत्त्वपूर्ण सुझावहरू समेत प्राप्त भएका थिए । त्यसैको आधारमा इन्जिनियरहरूले १५ मिटरसम्म जमिन खन्ने र माथिको माटो निकाल्न काम गरेका थिए । माटो झिकेको ठाउँमा ‘रि इन्जिनियर्ड’ गरिएको माटो भरिएको थियो । यो माटो १४ दिनभित्र ढुंगामा परिणत भएको थियो । यसरी राम मन्दिरको निर्माण गरिएको थियो । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu