ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर कोइराला-नेपालमा नर्सको अभाव हुन थाल्यो


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   २ : ५४   बजे

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मेडिकल कलेजहरूमा नर्सिङको पढाइ रोकिँदा देशमा नर्सहरूको अभाव सुरु भएको बताएका छन् ।

कोसी प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्याएको शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले मेडिकल कलेजहरूले स्टाफ नर्स पढाउन रोकेकाले समस्या हुन थालेका बताए ।

“स्टाफ नर्स नभइ अस्पताल सञ्चालन हुँदैनन् । यो कुरालाई गम्भीररूपमा लिन आवश्यक छ । नर्सहरूको अभाव हुन थालेको छ । विराटनगरमा २०० बेडको विशेषज्ञसहितको अस्पताल खुल्दैछ । मेचीदेखि महाकालीको पारीपट्टी १६५ नर्सिङ कलेज खुलेका छन् । त्यहाँ नेपाली विद्यार्थी पढिरहेका छन्,” कोइरालाले यो अवस्था अति नै कठिनपूर्ण भएको दाबी गरे ।

अस्पताल खोलेर वा चिकित्सक राखेर मात्र गर्दा कठिन होला भन्दै उनले यसको निम्ति नयाँ सोच बनाउनुपर्ने बताए ।

“अस्पताल खोल्ने मात्र भन्दा त्यसलाई तालिम केन्द्र वा प्रतिष्ठानको रूपमा कसरी बढाउने भन्ने सोच्नुपर्ने पर्छ । यो गर्न सके शैलजा आचार्य हृदय रोग केन्द्र उपादेयता हुन्छ । सन्देश पनि देशभरि जान्छ । एक सय बेड अस्पताल चाहिन्छ भनेको छ,” उनले भने ।

शैलजा आचार्यले राजनीतिमा दिएको योगदान स्मरण गर्न शैलजा आचार्य हृदय रोग केन्द्र उनको नाममा स्थापित भएको बताउँदै कोइरालाले त्यस अवसरमा आफ्ना हजुरबुवा पिताजी कृष्णप्रसाद कोइरालालाई पनि स्मरण गरे ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनसेवा गर्ने हेतुले हृदय रोग केन्द्र सञ्चालन गरिएको सुनाए । वरिष्ठ चिकित्सक भगवान कोइरालाले प्रदेशस्तरमा हृदय रोग केन्द्र सञ्चालनमा आउनु सुखद भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu