ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘काठमाडौं मलका व्यवसायीमाथि महानगर प्रहरीको हातपात’


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   ३ : ४७   बजे

काठमाडौं ८ माघ । काठमाडौं मलका व्यवसायीले काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौं महानगरपालिकाअगाडि भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् ।

व्यवसायीले आफूहरूले सञ्चय कोषको काठमाडौं महलको ‘ग्राउन्ड फ्लोर’मा व्यवसाय गर्दै आएको र एक वर्ष हुँदा पनि महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको बताए ।

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै आफूहरूको अपमान गरिएको उल्लेख गरे । उनले महानगरले अदालतको आदेशविपरीत व्यवसायीमाथि धरपकड गरेको बताए ।

काठमाडौं महल सञ्चय कोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीलाई आतंककारी शैलीमा धरपकड गरेको आरोप लगाए । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको उनको भनाइ छ ।

अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चय कोषको अन्तिम फ्लोरमा ७५ व्यवसायीले व्यवसाय गर्दै आएको तर महानगरले ज्यादती गरेको आरोप लगाए । उनीहरूले महानगर र सञ्चय कोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu