ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सक्कली डाक्टरको एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्थे भट्टचार्य, प्रतिबिरामी ७५० रुपैयाँसम्म लिन्थे


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   ३ : ५०   बजे

काठमाडौं ८ माघ । कागजातका आधारमा बिरामी जाँच गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सम्बुद्ध भट्टचार्यले अर्कै व्यक्तिको नेपाल मेडिकल काउन्सिल एनएमसीमा दर्ता भएको नम्बर प्रयोग गर्ने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर उपमहानगरपालिका–२ का ४० वर्षीय भट्टचार्यलाई महाराजगंजस्थित बाँसबारीबाट पक्राउ गरेको हो । प्रहरीले भट्टचार्यलाई सोमबार सार्वजनिक गरेको छ ।

लामो सयमदेखि फरार रहेका भट्टचार्यलाई आइतबार साँझ पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीको अनुसन्धानका क्रममा भट्टचार्यले काउन्सिलमा एलिना श्रेष्ठको नाममा दर्ता रहेको एनएमसी ९६७० नम्बर प्रयोग गरेको पाइएको छ ।

भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा समेत काम गर्ने गरेको बताउँदै आएका थिए ।

प्रहरीले शिक्षण अस्पताल महाराजगंजमा ९७६० नम्बर दर्ता रहेको कार्ड समेत फेला पारेको छ । उक्त कार्ड समेत नक्कली रहेको खुलेको छ । त्योबाहेक प्रहरीले उनको साथबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नक्कली लेटर प्याड, नक्कली स्ट्याम्पहरू बरामद गरेको छ ।

प्रहरीले उनको शैक्षिक प्रमाणपत्रको बारेमा समेत अुसन्धान जारी राखेको छ । उनले चीनबाट एमबीबीएस अध्ययन गरेको बताए पनि प्रहरीले त्यसबारे समेत अनुसन्धान थालेको छ ।

क्लिनिकमा गर्थे बिरामीको जाँच
प्रहरी अनुसन्धानका क्रममा भट्टचार्यले नक्सालस्थित वी केयर पोलिक्लिनिक र बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकमा बिरामी जाँच गर्ने गरेको खुलेको हो ।

प्रहरीका अनुसार, नौ महिनादेखि उनी वी केयरमा काम गर्थे । त्यहाँ उनले ६३० बिरामीको जाँच गरेको खुलेको छ । प्रतिबिरामी जाँच गरेबापत उनले वी केयरमा ७५० रुपैयाँ शुल्क लिने गरेका थिए ।

त्यस्तै, धौलागिरि क्लिनिकमा ३० जना बिरामी जाँच गरेको खुलेको हो । त्यहाँ प्रतिबिरामी जाँच गरेबापत ५०० रुपैयाँ लिने गरेका थिए ।

दुवै क्लिनिकमा उनी इन्डोक्राइनोलजी विशेषज्ञको रूपमा बिरामी जाँच गर्ने गरेको खुलेको छ ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले नक्कली कागजातका आधारमा बिरामी जाँच गर्ने डाक्टरमाथि अपरेसन नै चलाएको थियो ।

प्रहरीले भट्टचार्यमाथि कीर्ते र मानव स्वास्थ्यविरुद्धको दुई कसुरमा अनुसन्धान गर्ने एसपी रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu