ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकूम पश्चिममा इलाका प्रशासन कार्यालय स्थापना


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   ११ : ०६   बजे

रुकुम, ९ माघ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर २ मा एक औपचारिक कार्यक्रममा बिच स्थापना गरीएको कार्यालयको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शर्माले अव चौरजहारीवासीलाई नागरिकता, राहदानी,राष्टिय परिचय पत्र, लगायत प्रशासनबाट हुने कामको लागि जिल्ला सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । सङ्घीयताको मर्म अनुसार चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको उनको भनाई छ । कार्यालय उद्घाटन भए पनि व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले जानकारी दिए । उनका अनुसार कार्यालयमा फर्निचर, कम्प्युटर, सिआई एम एस जडान, कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापनको काम गर्न बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता, नाबालक परिचय पत्र, विभिन्न प्रकारका सिफारिस लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख केसी बताउछन् । प्रमुख जिल्ला अधिकारीको अख्तियारीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा इलाका प्रशासन कार्यालयबाट प्रवाह गरिने इलाका प्रशासन कार्यालय चौरजहारीले जनाएको छ ।

कार्यालय व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने देखिए पनि जति सक्यो छिटो सेवा प्रवाह गर्ने गरी लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख विशाल शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu