काठमाडौं ९ माघ । गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ सानुभाइ फेरि पुरानै धन्दामा सक्रिय भएका छन् । नुवाकोट ककनी– ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूह सक्रिय रहेको पछिल्ला केही आपराधिक घटनाले पुष्टि गरेको हो ।
प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार श्रेष्ठउर्फ ‘घैँटे’ का प्रमुख सहयोगी गुरुङसमूह बनाउँदै गुण्डागर्दीमा सक्रिय हुन थालेका हुन् । गुरुङसहितको समूहले शनिबार ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा वितण्डा नै मच्चाएको छ ।
भिडियोमा देखिएका सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको देखिन्छ । उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरीसमेत दिएका छन् । तर, उनीहरू फरार छन् ।
प्रतिक्रिया दिनुहोस्