ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्लोबल आईएमईले रवि लामिछानेलाई दिएको पत्रले के बताउँछ?


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : २०   बजे

काठमाडौं ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीपीडितको पैसा चलाएको आरोप लागेपछि उनले सोमबार पत्रकार सम्मेलन गरे।

सम्मेलनमा उनले आफ्नो नाममा कसैले चेक काटेको तर खातामा पैसा जम्मा भएर घण्टी नबजेको बताए। सो क्रममा उनले ग्लोबल आईएमई बैंकले दिएको पत्र देखाउँदै उक्त आरोपको खण्डन गरे।

योसँगै ग्लोबल आईएमई बैंकमा रहेको उनको खातामा पैसा आएको विषय चर्चामा छ। पैसा खातामा आएरनआएको बारेमा आजै ग्लोबल आइएमई बैंकले समेत स्पष्टीकरण दिएको छ।

 

ग्लोबल आइएमईले आज रवि लामिछाने माग गरेको सूचनाअनुसार पत्र प्रदान गरेको देखिएको हो। ग्लोबल आईएमईले पत्र आज नै प्रदान गरे पनि मिति भने गलत लेख्न पुगेको छ।

तथापि, पत्रमा भने उनको खातामा पैसा ल्याउने प्रक्रिया भएको तर पैसा नआएको देखिएको छ।

पत्रअनुसार रवि लामिछानेको नाममा चेक क्लियरेन्समार्फत १ करोड ८० लाख रुपैयाँ डिपोजिट गराइएको तर उक्त चेक रहेको खातामा पैसा नभएका कारण जम्मा नभएको देखिएको छ।

पत्रमा भनिएको छ, ‘बैंकमा सञ्चालनमा रहेको खाता नं। ००३०७०१०००५९१३ मा रहेको १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ‘ईसीसी’मार्फत चेक क्लियरेन्समा पठाउँदा पर्याप्त पैसा ‘इनसफिसेन्ट ब्यालेन्स’का कारण फिर्ता भएको हुँदा सो खातामा पैसा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ।’

पत्रको आशयअनुसार ग्यालेक्सी टेलिभिजनको सेयर फिर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त सेयरबापतको पैसा भुक्तानी प्रमाण देखाउनुपर्ने व्यवस्था छ।

बैंकमा जम्मा गराएको डिपोजिट रसिद देखाउनुपर्ने कारणले बाउन्स चेक जम्मा गराएर हिसाब मिलान गरेको देखिएको छ। सोही बाउन्स चेकबाट रवि लामिछानेको खातामा पैसा जम्मा गर्ने प्रक्रिया भएको तर पैसा जम्मा नभएको देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group