ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यास नगरपालिकामा पुन मतगणना गर्नुपर्ने रिटमाथि सुनुवाइ जारी


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : २४   बजे

काठमाडौं ९ माघ । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्नुपर्ने माग गरिएको रिटमाथि उच्च अदालत पोखरामा सुनुवाइ जारी छ । उच्चका न्यायाधीशद्वय मिलनकुमार राई र धनसिंह महराको संयुक्त इजलासमा मंगलबार सुनुवाइ सुरु भएको हो ।

०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बनेका दीपकराज जोशीले सोही वर्ष जेठ १२ गते रिट दायर गरेका थिए । मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्नुपर्ने माग उनले रिटमा गरेका छन् ।

जोशी नेपाली कांग्रेसका उमेदवार वैकुण्ठनाथ अर्यालसँग पराजित भएका थिए । उनले नेकपा ९एमाले०को सहयोग पाएका थिए । कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएसँगै जोशीले निर्वाचन परिणामप्रति प्रश्न उठाएका थिए ।

त्यति बेला पुनः मतगणनाका निम्ति उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । निर्वाचन आयोगबाट न्याय नपाएको भन्दै जोशी अदालत गएका हुन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख न्यौपानेलाई विपक्षी बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group