ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली विजयी


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   ४ : ५६   बजे

काठमाडौ ९ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए । कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए । कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu