ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३४ वर्षमा पनि बनेन दमक–चिसोपानी सडक, २६ किलोमिटर अझै कच्ची


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ४५   बजे

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन।

झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण ३३ किलोमिटर लामो यो सडकको निर्माण २०४९ सालमा सुरु भएको थियो। तर हालसम्म करिब साढे पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ भने थप एक किलोमिटर कालोपत्रको चरणमा रहेको छ। बाँकी करिब २६ किलोमिटर सडक अझै कच्ची छ।

सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोग्दै आएका छन्। बर्खामा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उड्ने भएकाले दैनिक आवतजावतमा समस्या हुने गरेको स्थानीयको गुनासो छ।

माङसेबुङ गाउँपालिका–४ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार जेठदेखि भदौसम्म सडकमा अत्यधिक हिलो हुने भएकाले मोटरसाइकल चलाउनसमेत कठिन हुन्छ। कात्तिकदेखि वैशाखसम्म भने धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको उनले बताए।

‘हिउँदमा बिहानको अधिकांश समय सडकमा पानी हालेर धुलो नियन्त्रण गर्नमै बित्छ,’ राईले भने। उनका अनुसार लगातारको वर्षाले सडकमा खाल्डाखुल्डी तथा पानी जम्दा अहिले यात्रा झनै जोखिमपूर्ण बनेको छ।

यस सडकमा दैनिक सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन र मोटरसाइकल सञ्चालन हुने गरेका छन्। सडकको अवस्था खराब हुँदा छोटो दूरी भए पनि यात्रा लामो र कष्टकर हुने गरेको यातायात व्यवसायीको भनाइ छ।

पर्यटकीय क्षेत्र प्रभावित

सडक निर्माण पूरा नहुँदा यस क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा पुग्ने पर्यटकसमेत प्रभावित भएका छन्।

तीनथुम्बे, माङमालुङ डाँडा, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल आँपडाँडा तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र लारुम्बा (माङसेबुङ) लगायतका क्षेत्रमा आउने पर्यटकले सडककै कारण सास्ती खेप्नुपरेको स्थानीय बताउँछन्।

सडकको दुरवस्थाका कारण इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिका र पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक गाउँपालिकाका बासिन्दालाई झापा आउजाउ गर्न समस्या भइरहेको छ। कृषि उत्पादन बजारसम्म पुर्‍याउनसमेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।

कुम्मायक गाउँपालिका–५ का चिरञ्जीवी घिमिरेले दमकबाट कुम्मायक पुग्ने सबैभन्दा छोटो दूरीको सडक भए पनि बर्खामा यात्रा गर्न निकै कठिन हुने बताए।

‘दूरी छोटो भए पनि यात्रा कष्टकर छ,’ उनले भने।

माङसेबुङ गाउँपालिका–२ का यातायात व्यवसायी सुरेश योङहाङले बर्खामा सडकको खराब अवस्थाका कारण सवारीसाधन सञ्चालन गर्दा आम्दानीभन्दा खर्च बढी हुने गरेको बताए।

ठेक्का लिएर पनि काम पूरा भएन

सडकको पहिलो खण्डअन्तर्गत जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म ६.२९ किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको आठ वर्ष पुगिसकेको छ। तर हालसम्म साढे पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ।

२०७५ साउन २९ गते ३० महिनामा काम सक्ने गरी महालक्ष्मी–किरातेश्वर जेभीले २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का लिएको थियो। निर्धारित समयमा काम पूरा नभएपछि पटक–पटक म्याद थपिएको थियो। चौथोपटक थपिएको म्यादसमेत २०८० असार मसान्तमा सकिएको थियो।

सडक डिभिजन दमकका डिभिजन प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार ठेकेदार कम्पनीले अहिले दैनिक जरिवाना तिर्दै काम गरिरहेको छ।

‘अन्तिम पटक थपिएको म्याद सकिएको पनि तीन वर्ष भइसक्यो,’ यादवले भने, ‘अब एक किलोमिटर जति कालोपत्र हुन बाँकी छ।’

२६ किलोमिटरका लागि पुनः ठेक्का

दमकदेखि घर्तीदोभानसम्म रतुवा खोलाको किनार हुँदै माङसेबुङ–चतुरे–माङमालुङ–चिसोपानीसम्मको करिब ३३ किलोमिटर सडकको ट्र्याक खुले पनि अधिकांश खण्डमा कालोपत्र हुन सकेको छैन।

दोस्रो खण्डको १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको काम साढे दुई वर्षदेखि ठप्प थियो। लुम्बिनी–गणपति जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ फागुन २ गते ठेक्का सम्झौता गरेको थियो। तर निर्धारित समयमा काम पूरा नभएपछि सरकारले ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको छ।

ठेक्का रद्दविरुद्ध निर्माण कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले रिट खारेज गरिदिएको छ।

अब बाँकी २६ किलोमिटर सडक कालोपत्र गर्न सरकारले गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ। त्यसमा १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्।

सडक डिभिजन दमकका प्रमुख यादवका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ बाटै निर्माण सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। सडक कालोपत्रका लागि संघीय सरकारले १ अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

वैदेशिक रोजगारीको कमाइ र सम्पत्ति विवादले निम्त्याएको हत्या : श्रीमतीलाई जन्मकैद सदर

‘सरकार, कोठा खाली छ?’ भन्दै माइतीघरमा सत्याग्रह गरिरहेकी दीपाको माग सम्बोधन गर्न रिमाको आग्रह

बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटको नाममा ठगी, चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu