ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा ठगी गर्नेविरुद्ध संसदीय छानबिन समिति बनाउन शाहीको माग


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ४५   बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा नेपालीलाई ठगी गर्ने व्यक्तिमाथि कारबाही गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै शाहीले विदेशमा अलपत्र परेका नेपालीको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

विदेश जाने नेपालीको हातमा पासपोर्ट मात्रै नभई परिवारको ऋण, अभिभावकको आशा, श्रीमतीको भरोसा र छोराछोरीको भविष्यसमेत जोडिएको उल्लेख गर्दै उनले विदेश पुगेपछि नेपाली श्रमिक ठगीमा पर्ने, सम्झौताभन्दा फरक काम गर्न बाध्य हुने तथा तलब नपाउने समस्या रहेको बताए।

‘विदेश पुगेपछि नेपाली श्रमिक ठगीमा पर्ने, सम्झौताभन्दा फरक काम गर्न बाध्य हुने, तलब नपाउने र कतिपय अवस्थामा आत्महत्यासम्म गर्न बाध्य हुने अवस्था छ,’ शाहीले भने।

उनका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपालीको संख्या करिब ७० लाख पुगेको छ। अनौपचारिक रूपमा विदेशमा रहेका नेपालीसमेत जोड्दा यो संख्या करिब एक करोड पुग्ने अवस्था रहेको उनले बताए।

रेमिट्यान्ससँगै शव पनि फर्किन्छ

शाहीले विदेशबाट रेमिट्यान्ससँगै हरेक वर्ष नेपाली नागरिकको शवसमेत नेपाल फर्किने गरेको बताए।

जापानमा मात्रै एक वर्षमा ७३ जना नेपालीको मृत्यु भएको र तीमध्ये २८ जनाले आत्महत्या गरेको जानकारी उनले सदनलाई दिए।

विद्यार्थी तथा श्रमिकलाई आकर्षक आश्वासन दिएर जापान पठाउने कन्सल्टेन्सी तथा विभिन्न गिरोहका कारण धेरै नेपाली अलपत्र परेको उनको आरोप छ। कुकिङ भिसालगायत विभिन्न नाममा नेपालीलाई विदेश पठाएर ठगी गर्ने तथा अलपत्र पार्नेहरूमाथि कडा कारबाही हुनुपर्ने उनले बताए।

राजनीतिक पहुँचबाट संरक्षण पाएको आरोप

शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कतिपय व्यक्ति राजनीतिक पहुँच तथा विभिन्न संगठनको आडमा संरक्षण पाइरहेको आरोपसमेत लगाए।

नेपाली नागरिक सुरक्षित नभएसम्म नेपाल सुरक्षित हुन नसक्ने भन्दै उनले विदेशमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरे।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, विदेशमा नेपालीको अवस्था तथा दोषीलाई संरक्षण भइरहेको आरोपबारे छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्नुपर्नेमा उनले पुनः जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्‍यो

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

वैदेशिक रोजगारीको कमाइ र सम्पत्ति विवादले निम्त्याएको हत्या : श्रीमतीलाई जन्मकैद सदर

‘सरकार, कोठा खाली छ?’ भन्दै माइतीघरमा सत्याग्रह गरिरहेकी दीपाको माग सम्बोधन गर्न रिमाको आग्रह

बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटको नाममा ठगी, चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu