ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक पर्यटक आकर्षित गर्दै धरानको चिन्डेडाँडा


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   ६ : १८   बजे

काठमाडौ ९ माघ । धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा ९रमितेडाँडा० पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।चिन्डेडाँडा घुम्न जानेहरु कोही ‘हाइकिङ’ गर्दै त कोही गाडी या मोटरसाइकलमा पुग्ने गर्छन् ।

त्यहाँ पुग्दा डाँडामा बसेर गीतसङ्गीतका साथ रमाइलो गर्नेहरु धेरै भेटिन्छन् ।हाल अमेरिका बस्दै आएका धरान(१६ का राजेन्द्र ताम्राकार घर आएको मौकामा नजिकै घुम्ने ठाउँको खोजीमा थिए । साथीहरुको सल्लाहमा उनी चिन्डेडाँडा पुगे । पहिला नाङ्गो डाँडाका रुपमा देखेको चिन्डेडाँडा अहिले घुम्ने नयाँ गन्तव्यका रुपमा विकास भएको देख्दा उनी चकित परे ।पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ यति रमाइलो होला भन्ने सोचेकै थिएन’, चिन्डेडाँडामा घुम्दै भेटिएका उनले भने, ‘यहाँबाट धरान बजारको दृश्य राम्रोसँग हेर्न सकिने रहेछ ।’धरानकै मिङ्मा शेर्पा पनि साथीभाइसँग रमाइलो गर्न चिन्डेडाँडा पुगेका थिए ।

रमाइलो र घमाइलो चिन्डेडाँडामा बसेर दृश्यावलोकन गर्नुको आनन्द वर्णन गरेर साध्य नहुने उनको अनुभव छ ।धरानबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँ धरान, इटहरीलगायत पूर्व क्षेत्रका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।उनी भन्छन्, ‘बाटो अलि राम्रो बनाउने हो भने यहाँ अझ धेरै पर्यटक आउने निश्चित छ ।’चिन्डेडाँडा आसपासको क्षेत्रमा तामाङ समुदायको पुरानो बस्ती छ ।

अलि तल गुरुङ, राई, क्षेत्री, ब्राह्मणको बस्ती पनि छ । गुरुङ छाप, कार्की छापजस्ता नामले चिनिने ठाउँहरु यहाँ छन् । त्यहाँको अग्लो र खुल्ला डाँडा चाहिँ धरान बजारबाट देखिन्छ ।धरानबाट उत्तरतर्फ हेर्दा नाङ्गो डाँडा देखिने भएकाले धरानबासीले चिन्डेडाँडाभन्दा भन्दै यसको नामै चिन्डेडाँडा रहनगएको स्थानीय बताउँछन् ।स्थानीय भने यो डाँडालाई रमितेडाँडा भनेर चिन्छन् । पहिलादेखि नै यहाँबाट धरान र तराईका फाँटको रमणीय दृश्य देखिने भएकाले बाटो हिँड्ने मान्छेहरु अडिएर रमिता हेर्थे ।रमिता हेर्ने डाँडा भएकाले रमितेडाँडा भन्ने गरिएको स्थानीयको कथन छ ।

धरानबासीले चिन्डेडाँडा भन्दाभन्दै बाहिरका मान्छेले चिन्डेडाँडा भनेर चिन्न थालेपछि अहिले सबैले चिन्डेडाँडा भन्ने गरेका छन् ।पहिला उजाड र सुनसान गाउँका रुपमा रहेको यो ठाउँमा पर्यटकको चहलपहल हुन थालेको एक दशक भयो । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङको उडान पनि हुने गरेको थियो ।प्याराग्लाइडिङले पनि यो ठाउँमा पर्यटकलाई आकर्षित गरेको भए पनि पछिल्लो समय त्यस ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द भएको छ । बरु अहिले प्याराग्लाइडिङ उडाउने ठाउँमा होटल खुलेका छन् ।अहिले दिनमा दुई सयजनाको हाराहारीमा मान्छे घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङको भनाइ छ । उनका अनुसार यो ठाउँमा घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् ।

लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचार र भट्टु धानको भात यहाँको मौलिक परिकार हो । त्यसबाहेक बजारमा पाइने अन्य चाउमिन, मःम, चटपटेजस्ता खानेकुरा पनि पाइने उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ तोङ्बा र सुकुटी धेरै बिक्छ, एकपटक आएका मान्छे फेरि फर्केर आइरहन्छन् ।’यो डाँडामा अहिले बास बस्नका लागि होटल र खानाका लागि खाजाघर खुलेका छन् । धेरैजसो दुई चाररघन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटक चिन्डेडाँडा आउने गरेका र केही भने बास बस्दै आउने गरेको स्थानीय होटल व्यवसायी वसन्ती तामाङको भनाइ छ ।

अनुसार धरान, इटहरीका मात्र नभई झापा, चितवन, काठमाडौँदेखिका मान्छे पनि धरान घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् । ‘टाढादेखि आएका मान्छे पनि रमाइलो मानेर फर्किनुहुन्छ, हामी त्यसमै खुसी छौँ’, उनी भन्छन् ।चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा दृश्यावलोकन स्तम्भ पनि निर्माण भएको छ । अलि तल पर्यटन व्यवसायी वासु बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् ।केही परको तामाङ बस्तीमा घरबास पनि सञ्चालित छ ।

पर्यटन व्यवसायी मगर चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास भइरहेको बताउँछन् ।धरानबाट चिन्डेडाँडा पुग्न कच्ची बाटो छ । हिँडेर जाँदा करिब एक घन्टा लाग्छ भने मोटरसाइकल वा गाडीमा जाँदा १५ देखि २० मिनेटमा पुगिन्छ ।सर्दु खोलामा पुल निर्माण भएपछि चिन्डेडाँडा पुग्न सहज भएको छ । अझै कच्ची बाटो भएकाले कतिपयले अप्ठ्यारो मान्ने गरेका कारण राम्रो बाटो बनाउन ध्यान दिनुपर्ने अवस्था रहेको व्यवसायी मगर बताउँछन् ।धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।सुम्निमा पारुहाङको प्रतिमा स्थापनापछि यो क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढ्ने नगरप्रमुख साम्पाङको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group