काठमाडौं १० माघ । सरकारले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले गैरआवासीय नेपाली संघको निर्वाचनपछि देखिएको विवादबारे छानबिनका लागि समिति गठनको पनि निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्