ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधिमा पनि चुनावको प्रचार २४ घण्टाभित्र प्रतिवेदन दिन प्रजिअलाई आयोगको निर्देशन


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   ४ : २१   बजे

काठमाडौं १० माघ । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन पनि दलहरूले चुनावको प्रचार गरेका छन् ।  प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् ।

बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, उमेदवार कृष्णप्रसाद सिटौला, नेता मीनेन्द्र रिजाललगायतका नेता कार्यकर्ताहरू उपस्थित थिए ।

चियापान कार्यक्रममा डा। कोइरालाले सञ्चारकर्मीसँको कुराकानीमा चुनावको प्रचार नभएर जमघट मात्रै भएको दाबी गरे । त्यस्तै,नेकपा ९एमाले०ले पनि विराटनरस्थित होटेल ह्यारिसनमा भेला गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा कार्यक्रम भएको हो ।

एमालेका एक नेताका अनुसार महासचिव पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धन गर्नुको औचित्यबारे जानकारी गराएका हुन् ।

“राप्रपासँग गठबन्धन किन गरियो रु भन्ने प्रश्न उठेको छ । यस विषयमा मतदाताहरुलाई भन्न पनि जरुरी भएकाले कार्यक्रम राखिएको हो,” ती नेताले स्वीकार गरे ।

कोसीमा दुई पदका लागि हुने चुनावमा सत्ता गठबन्धनले साझा उमेदवार बनाएको छ । एमाले– राप्रपाले पनि चुनावी तालमेल गरेको छ । निर्वाचन आयोगले सोमबार राति १२ बजेबाट प्रचार निषेधको समय तोकेको थियो ।

आचारसंहिताको धज्जी उडाउँदै दलहरुले चुनाव प्रचार गरेका हुन् ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भन्दै आयोगले ८ गते नै विज्ञप्ति जारी गरेको थियो ।

“२०८० माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

आयोगले के गर्छ ?

निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगले सत्यतथ्य विवरणसहितको प्रतिवेदन २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ ।

“निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था विपरीत मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत हुने गरी निर्वाचन प्रचारप्रसारको गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएकोले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन कसूर तथा सजाय० ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएकोले सोको सत्यतथ्य बुझी यकिन गरी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएकोले सो बमोजिम प्रतिवेदन पेश गर्नु हन निर्णयानुसार अनुरोध छ,” निर्देशन पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group