ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न रवि लामिछानेको आह्वान


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   १ : ४७   बजे

काठमार्डौ ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी सहभागी नरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रभावित पार्न आह्वान गर्दै ‘ट्विट’ गरेका छन् । राष्ट्रियसभाका १९ सदस्य छान्न सातै प्रदेश मुकाममा मतदान जारी रहेका बेला उनले ‘हाइज्याकर’लाई हराउन आह्वान गरेका हुन् ।

“व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ,” बिहीबार लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८र१० थान मतियार ९न्यारेटिभ सेटर०हरूले लामो छुट्टी लिए सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।”

उनले देश बनाउने सूत्रका रूपमा निर्वाचन हराउनेसहितका विकल्प सार्वजनिक गरेका हुन् । राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन प्रस्ताव गरेका उनले सामाजिक सञ्जालदेखि मिडियासम्मका विषयमा प्रश्न उठाएका छन् ।

“राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिंगो संसद्ले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ,” लामिछानेले लेखेका छन्, “त्यसपछि मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नांगो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ, तलबी सेना अफ बिटमा नचलाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।”

उनले ०८४ पछि ‘देश बन्ने’ जिकिर पनि गरेका छन् । “अन्त्यमा, देश बन्छ, तर कहिले बन्छ त भन्दा हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ,” उनले लेखेका छन्, “चुनाव कहिले रु ८४ मा ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group