ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरूले दिने कर्जाको ब्याजदर घट्दै, कुनबाट पाइन्छ सस्तो ऋण?


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   २ : १२   बजे

काठमार्डौ ११ माघ । पछिल्लो एक वर्षमा बैंकहरुले ग्राहकलाई दिने ऋणको ब्याजदर १।३२ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेको हो।

गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर बेस रेट १०।७३ प्रतिशत थियो। जुन चालू आवको पुस मसान्तसम्म आइपुग्दा १।३२ प्रतिशतले घटेर ९।४१ प्रतिशतमा आएको छ।

 

सामान्यतया निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । किनकि निक्षेपको ब्याज घट्दा बैंकको लागत ९खर्च० पनि घट्छ, यसले आधार ब्याजदर कम हुन्छ । बेस रेट कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यो घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ।

बैंकहरुले ऋण दिँदा बेस रेटमा शून्यदेखि अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोक्ने गर्दछन्। यद्यपि, जुन बैंकको बेस रेट कम हुन्छ, सोही बैंकबाट ऋणलाई कर्जा लिँदा ब्याजदर सस्तो हुन्छ।

२०८० पुस मसान्तसम्म आइपुग्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट सबैभन्दा कम ७।५६ प्रतिशत छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ८।२५ प्रतिशत, नेपाल बैंकको ८।५५ प्रतिशत, एभरेष्ट बैंकको ८।८७ प्रतिशत र कृषि विकास बैंकको बेस रेट ८।८२ प्रतिशत छ।

अन्य वाणिज्य बैंकहरुको बेस रेट भने न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०।५९ प्रतिशतसम्म छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर र नीतिगत दर तथा निक्षेप संकलनको बोलकबोल दर पनि घटाएको छ।

अपेक्षाअनुसार ब्याजदर नघटिरहेको भन्दै राष्ट्र बैंकलाई चौतर्फी दबाब बढेपछि समीक्षामार्फत उल्लिखित दर घटाइएको हो ।

अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। बजारमा पैसा धेरै भएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले धमाधम पैसा झिकिरहेको छ । यही कारण अब कर्जाको ब्याजदर झनै घट्ने बैंकरहरूको दाबी छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थासँग हाल ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि अपेक्षित रूपमा कर्जाको माग बढेको छैन।

यहीकारण अन्तरबैंक ब्याजदर बढ्न सकेको छैन भने तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तानिरहेको छ । यसले पनि आगामी समयमा ब्याजदर घट्ने देखाउँछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group