ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा निर्वाचन- मतदान अन्तिम चरणमा


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   २ : ५१   बजे

काठमार्डौ ११ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबार सातै प्रदेशका मतदान केन्द्रहरूमा मतदान भएको छ। १९ सिटका लागि विभिन्न ८ दलबाट ५१ जना चुनावी मैदानमा छन्।

बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। प्रदेशहरूमा मतदान अन्तिम चरणमा पुगेको छ।

कोशी प्रदेशमा मतदान सकिएको छ। कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार प्रदेश सभा सदस्य सबैले मतदान गरिसकेका छन्। यहाँ ९३ जना प्रदेश सभा सदस्य छन्। कोशीका स्थानीय तहका २७३ मध्ये २७१ जनाले मतदान गरेको उनले सेतोपाटीलाई बताए।

लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ। १० भोट खस्न बाँकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल १०९ स्थानीय तहका २१८ जना प्रमुख(उपप्रमुख र ८७ जना प्रदेश सभा सदस्यसमेत गरी कुल ३०५ जना मतदाता छन्।

कर्णाली प्रदेशका १९६ जना मतदाताले नै मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलले जानकारी दिए। स्थानीय तहका १५८ जना मतदाता भए पनि एउटा गाउँपालिकाका अध्यक्ष र एउटा नगरपालिकाका उपमेयरको मृत्यु भएको थियो।

कर्णाली प्रदेश सभाबाट चुनिने तीन जना राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी छ।

गण्डकी प्रदेशमा पनि मतदान अन्तिम चरणमा पुगेको छ। एक जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए। प्रदेश सभा सदस्यतर्फ सबैले मतदान गरेको र पालिकातर्फका एक जनाले मात्रै मतदान गर्न बाँकी रहेको उनले बताए।

गण्डकी प्रदेशमा ६० जना सांसद छन् भने ८५ वटा स्थानीय तह छन्।

साथै बागमती प्रदेशमा ६ जनाले मात्रै मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए। स्थानीय तह तर्फबाट चार जना र प्रदेश सभा सदस्य दुई जनाले मतदान गर्न बाँकी रहेको उनले बताए।

मधेस प्रदेशमा प्रदेश सभाका एक र स्थानीय तहका १ गरी कूल २ जनाले मतदान गर्न बाँकी छ। सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत मतदाताले मत खसाइसकेका छन्।

प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष(उपाध्यक्ष र नगरपालिका प्रमुख(उपप्रमुखको मतभार १९ छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ मतदाता छन्।

आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group