ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्षदेखि अमेरिकामा रहेका साम्बेद अधिकारीले “ लैजाउ मलाई” भन्दै सार्वजनिक गरे लिरिकल भिडियो


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   १ : ४०   बजे

काठमाडौ १५ माघ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक साम्बेद अधिकारीको नयाँ गीत “ लैजाउ मलाई” बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक अधिकारी अलराउण्डर भूमिकामा देखिएका छन् ।

स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ अधिकारी आफैले गरेका छन्। यस गीतलाई साम्बेद अधिकारी युुटुब च्यानलबाट केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो । आम दर्शक श्रोताहरुले गीतलाई माया गरिदिएर रुचाउनु भयो भने गीतको भिडियो नि बनाउने गायक अधिकारीले बताएका छन्। उनले गिटार बजाएर बनाएको सानो( सानो भिडियो भने यस अघि नै इन्स्ट्राग्राममा राख्ने गरेका थिए भने आधिकारिक रुपमा आफ्नो शृजनालाई युटुबमा पहिलोपटक सार्वजनिक गरेका हुन्। गीतमा आफ्नो आशा, भरोसा र कसै प्रतिको चाहना प्रस्तुत गरिएको छ। काठमाडौं सामाखुशी घर भएका ३४ वर्षीय अधिकारी १५ वर्षदेखि भने अमेरिकामा रहेका छन्।

उनको संगीत क्षेत्रमा एकदम धेरै रुचि देखिएको छ। त्यस्तै रुचिले गर्दा उनले १२ वर्षदेखि नै गिटार बजाउन थालेका थिए। अधिकारीले गीत संगीतमा रुचि भएपनि परदेशी भूमिबाट बजारमा ल्याउन परदेशी गारो रहेको समेत बताएका छन् । उनले नेपाली समाज, संस्कृति र चासो कस्तो भएको छ भन्ने कुराहरुमा राम्रोसंग भिज्न नपाउँदा दर्शक श्रोताको चाहना अनुसार गीत ल्याउन केही कठिन हुने बताएका छन्।

त्यति मात्र नभएर गीत संगीतको लागी आवश्यक सामाग्रीहरु जुटाउन समेत कठिन हुने बताए। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी अधिकारी लागिरहेका छन्। उनी अमेरिकामै रहे पनि त्यँहा एकदम राम्रो गिटारिस्टको रुपमा स्थापित भईसकेका छन्। अधिकारीले अमेरिकाकै ब्याण्डसंग काम गरेका छन्। भर्खरै सार्वजनिक भएको गीतको लिरिकल भिडियो हेर्नुहोस : https://youtu.be/XsibmaSP-UQ?si=Ak1-uq6ExLSE5kRi

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

सम्बन्धित

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu